हुम्ला । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १ गते सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले ०८१ पुस १७ गतेदेखि ०८२ मङ्सिर २९ गतेसम्म सङ्कलन गरिएका १७ ओटा घटना प्रस्तुत गर्नु भएको छ । जसमा सम्मानित रूपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित धम्की, कुटपिट तथा दुव्र्यवहार तीन ओटा, बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका सात ओटा, जातीय विभेदको एक ओटा, अभद्र व्यवहारको एक ओटा, आगजानीको एक ओटा आर्थिक तथा सामाजिक अधिकारका एक ओटा र महिला िहंसा तथा घरलु हिंसाको तीन ओटा घटना प्रस्तुत गरिएको जिल्ला प्रतिनिधि सिंहले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले इन्सेकले तयार पारेको प्रतिवेदन माथि प्रकाश पार्दै यो प्रतिवेदनले हुम्लामा अन्य मानव अधिकारसँग जोडिएका घटनाहरू पनि छुटेको भए संकलन गर्न अनुरोध गर्नुभयो ।
उहाँले हुम्लाका सातवटा गाउँपालिकामा रहेको न्यायीक समितिमा समन्वय गरि ति घटनाको पनि अभिलेखिकरण गर्नु पर्ने सुझाव दिनुभयो । इन्सेकले जिल्ला भरिका यस्ता विभिन्न खाले घटनाहरू सङ्कलनले उल्लेखनीय कार्य भएको बताउनु भयो ।
नेकपा एमालेका जिल्ला उपाध्यक्ष प्रकासबहादुर शाहीले इन्सेकले सङ्कलन गरेका घटनाप्रति सकारात्मक धारणा राख्दै प्रतिवेदनमा छुटेका घटनाहरूलाई समेट्न सुझाव दिनुभएको छ । उहाँले विशेष गरेर गाउँमा मानव अधिकार उलङ्घनका घटनाहरू लुकेर रहेकोले ति घटनाको पनि खोजी गर्न इन्सेकलाई आग्रह गर्नु भएको हो ।
एक पटक घटेको घटना पुनः नदोहिरिने गरी इन्सेकले सङ्कलन गर्नुका साथै न्यायको पहुँजसम्म पुर्याउन इन्सेकलाई उपाध्यक्ष शाहीले बताउनु भयो । जिल्ला अदालतमा पुगेका घटनाहरूको फैसाला हुदै गर्दा पीडक पक्षले सफाई पाएको घटनामा पीडितले मानवअधिकारको सुनिश्चितता तथा महसुस गर्न सक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ हुम्लाका पुर्व अध्यक्ष अर्जुन बोहराले आर्थिक, सामाजिक र सांस्कृतिकसंग जोडिएका घटनाहरू पनि नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेट्नु पर्ने बताउनुभयो ।
त्यस्तै जिल्ला बारएसोसियनका सचिव राजन चन्दले राज्य पक्षले घटनाको फैसला ढिला सुस्ती र पक्ष विपक्षलाई आर्थिक चलखेल समेत हुने गरेको बताउनुभयो । त्यसको न्यनिकरण गर्न अधिकारर्मीहरूको भूमिका पहिलाे हाे सचिव चन्दकाे भनाइ छ ।
सचिव चन्दका अनुसार इन्सेकले घटनामा प्रहरीको पुष्टि मात्रै नभई इन्सेकले आफैले पनि घटनाको पुष्टि गर्ने क्षमता राख्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित भएका सम्पूर्ण वक्ताहरूले हरेक क्षेत्रबाट अन्यायमा परेका पीडित पक्षले जिल्लामा रहेका मानव अधिकार सङ्घ संस्थाहरूसँग सहयोग लिएर न्याय माग्नु पर्ने भनाइ राखेका थिए । जिल्लामा बाढी पहिरोबाट समस्या, विद्यालयमा पठनपाठनको अवस्था र प्रत्येक नागरिकले सहजै रूपमा उपचार नपाएको लगायतका विषयलाई पनि इन्सेकले अभिलेखीकरण गर्नुपर्ने उपस्थित व्यक्तिहरूले बताएका थिए ।
