काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१।८२ को मुनाफाबाट पनि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यस कम्पनीले आर्थिक वर्ष ०७८।७९ पछि लाभांश वितरण गरेको छैन् । उक्त वर्ष भने कम्पनीले ६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३४ प्रतिशत गरी कुल ६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
कम्पनीले आर्थिक वर्ष ०७१।७२ को लागि भने हालसम्मकै सर्वाधिक कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ । पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत गर्ने निर्णय समेत गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार रुपैयाँ छ ।
