काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८१।२ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँको आधारमा कर समेत १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ । गत वर्ष पनि कम्पनीले कर समेत १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
