निशुल्क लोक सेवा तयारी कार्य पुरा

Logo
नन्द सिंह मंगलबार, पुष ०८, २०८२

हुम्ला । हिमाली जिल्ला हुम्लामा पहिलो पटक लोक सेवा र शिक्षक सेवा कक्षा सञ्चालन गरिने भएको छ । दुर्गम पिछडीएको जिल्ला भनेर परिचित हुम्ला जिल्लामा पहिलो पटक लोक सेवा र शिक्षक सेवा कक्षा सञ्चालन हुने भएको हो । जिल्लामा पहिलो पटक निशुल्क रुपमा उक्त कक्षा सञ्चालन गर्ने भएपछि सोमबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । अवको केही दिनभित्र सञ्चालन हुने कक्षाका लागि सम्पुर्ण तयारी कार्य पुरा भएको सामाजिक विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख इश्वरबहादुर सिंहले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा पहिलो पटक लोक सेवा र शिक्षक सेवा कक्षा सञ्चालनमा २ सय ८३ जना विद्यार्थीहरू समावेश भएका छन् । समावेश भएका विद्यार्थीहरूलाई गुरुप वाइज कक्षा सञ्चालन हुने प्रमुख सिंहको भनाई छ । यस अघि हुम्ला जिल्लाका मानिसहरू जिल्ला बाहिर गएर लाखौँ रकम खर्च गर्नु परे पनि यो पटकबाट उक्त रकम खर्च गर्नु नपर्ने भएको छ ।

हुम्लाको सदरमुकाम सिमकोट मै निशुल्क रुपमा कक्षा सञ्चालन हुने भएपछि यहाँका विद्यार्थीहरू हर्षित भएका छन् । सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका हुम्लाको आर्थिक सहयोग तथा सामाजिक विकास कार्यालय हुम्ला र आधार विकास हुम्लाको समन्वयमा जिल्लामा उक्त कक्षा सञ्चालन हुने भएको छ । भौगोलिक हिसावले हुम्ला निकै विकट भनेर चिनिएको भए पनि यो एउटा उल्लेखनिय कार्यप्रति सकारात्मक धाराणा राख्दै पुर्वधार विकास कार्यालय हुम्लाका लेखा अधिकृत भक्तबहादुर शाहीले समावेश भएका विद्यार्थीहरूलाई गुणस्तरिय शिक्षा हाशिल गर्न अनुरोध गर्नुभयो ।

तीनवटा गाउँपालिका गरेर करिव ६ लाख रकम छुट्याएको र यसको सही सदुपयोग गरिनु पर्ने कार्यक्रममा उपस्थित भएका अतिथिहरूले सुझाव दिएका थिए । यसले दुर्गमका नागरिकका लागि निकै मलमपट्टि हुने र यहाँको शैक्षिक गुणस्तरिय वृद्धि विकास हुने देखिएको छ । कक्षा सञ्चालनका लागि विहान र वेलुका दुई सिफ्टमा विभाजन गरिएको छ । विहान र वेलुका तीन तीन घण्टासम्म कक्षा सञ्चालन हुने भएको प्रमुख सिंहले बताउनुभयो ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला