काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८१।८२ को मुनाफाबाट कुल ४ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार रुपैयाँको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष कम्पनीले २ दशमलव ६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
