काठमाडौं । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले धुम्र बाराह, भेन्यु, धुम्बराहि, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । लाभांश प्रस्ताव भने गरिएको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
