हुम्ला । सर्केगाड गाउँपालिका- २ स्थित रिप गाउँमा आगलागी हुँदा जलेर २ जना घाइते भएका छन् । आगलागीबाट पाँच घर जलेको स्थानीय बिजय फडेराले जानकारी दिनुभयो ।
फडेराका अनुसार हिजो राती ११ बजे लैबा फडेरोको घरबाट अचानक शुरु भएको आगलागिमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । आगोमा परेर दुवैजनाको शरिर निकै जलेको छ । घाइेते दुवैजनालाई थप उपचारका लागि राती नैं एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोटमा ल्याउने काम भैरहेको छ ।
‘आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा, क्रान्ती फडेराको घर जलेका छन् ।
घरको अधिकांश भाग जलेको छ । कति क्षती भएको भन्ने एकिन विवरण अहिलेसम्म आएको छैन्’ आगलागि नियन्त्रणमा खटिएका बिजय फडेराले भने, ‘राती आगलागी भएका कारण नियन्त्रणमा निकै समय लाग्यो ।’
रिप गाउँ र छिमेकी उनापानीका स्थानीयको पहलमा बिहान साडे २ बजेतिर आगो नियन्त्रणमा आएको फडेराले जानकारी दिनुभयाे ।
अगालागीको जानकारी पाउने बित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ‘सर्केगाड प्रहरी चौकीबाट खटिएको टोली आगो नियन्त्रणमै लागेकाले क्षतीको विवरण एकिन गर्न सकिएको छैन्‘ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इनिस्पेक्टर विष्णु श्रेष्ठले भने ‘घटनामा घाइते भएका दुई जनालाई सिमकोट ल्याउने काम भैरहेको छ भने अहिले आगोपनि नियन्त्रणमा ल्याइएको छ ।’
घटना स्थलमा अहिले सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष देविका तिमिल्सीना लगायतको टोली उद्धार र राहत सामाग्री सहित पुगेको बताइएको छ ।
