हिन्दूमाथिको आक्रमणबारे ध्यानाकर्षण गराउन विश्व हिन्दू युवा संघ पुग्यो बंगलादेशी दूतावास 

Logo
Karnali Serophero सोमबार, पुष १४, २०८२

काठमाडौं । विश्व हिन्दू युवा संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिले ले बंगलादेशमा  अल्पसंख्यक हिन्दूमाथि भइरहेको आक्रमण तथा हिन्दू युवा दिपुचन्द्र दासको निर्मम हत्याबारे कुटनीतिक निकायमार्फत अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ ।

नेपालस्थित बंगलादेशी राजदूताबासमार्फत समितिले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको हो भने नेपालस्थित राजदूत सफिकुर हमानमार्फत हिन्दूहरुमाथिको आक्रमण र दासको निर्मम हत्याको विरोध गर्दै बंगलादेश सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

राजदूत रहमानमार्फत बंगलादेशमा भइरहेको हिंसा रोक्न तथा शान्ति बहालीका लागि आग्रह गरिएको विश्व हिन्दू युवा संघका अन्तर्राष्ट्रिय विभाग प्रमुख अभियन्त्रक (ईन्जिनियर) सुवास पौडेलले जानकारी दिए । ध्यानाकर्षणपत्र बुझाउन विश्व हिन्दू युवा संघका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्यक्ष ऋषि केशजंग शाह, सल्लाहकार सुरेन्द्र रेग्मी, राष्ट्रवादी युवा नेता ईन्जिनियर सुवास पौडेल, योगेन्द्र बहादुरसिंहलगायत बंगलादेशी राजदूतावास पुगेका थिए । त्यसक्रममा संघका अध्यक्ष शाहले नेपाल विश्व शान्तिको केन्द्र भएकाले सार्क सदस्य राष्ट्रमा भएको धार्मिक उश्रृंखलतालाई निरुत्साहन गर्नु पर्ने र स्थायी शान्ति कायम राख्न अन्तर्राष्ट्रियस्तरबाट सद्भावपूर्ण सुझाव तथा दबाब दिइरहनु पर्ने आवश्यकता औंल्याए ।

मानव सभ्यता प्रवद्र्धनको शिरोभाग नै नेपाल भएका कारण पनि मानव सभ्यताको महाशत्रु साम्प्रदायिकतालाई निरुत्साहन गर्ने आवाज उपयुक्त समय वा मौकामा उठ्नु पर्ने अध्यक्ष शाहको धारणा छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला