प्राथमिक तहका विद्यार्थीको आँखा परीक्षण

दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाको प्राथमिक तहमा अध्ययन गर्दै आएका प्राथमिक तहका विद्यार्थीको आँखाको परीक्षण गरिएको छ ।
Logo
Karnali Kerophero बुधबार, जेठ २३, २०८१

हुम्ला÷दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाको प्राथमिक तहमा अध्ययन गर्दै आएका प्राथमिक तहका विद्यार्थीको आँखाको परीक्षण गरिएको छ । हालसम्म आँखाको चेकजाँच नभएको र तल्लो कक्षामा अध्ययनरत विद्यार्थीको आँखाको स्क्रेनिङ गर्न निःशुल्क रुपमा यो शिविर सञ्चालन गरिएको हो ।

चंखेली गाउँपालिका–२ का जानकी शाहीले सातभन्दा बढी विद्यालयमा अध्ययनरत कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीको आँखाको स्क्रेनिङ शिबिर सञ्चालन भएको बताईन । विद्यालय स्तरमा यसरी पहिलो पटक साना विद्यार्थीको आँखाको चेकजाँच गर्ने कार्य भएको हो । उनले निशुल्क रुपमा साना विद्यार्थीको आँखाको चेकजाँच गर्ने कार्य भएपछि उनीहरूको आँखाको अवस्थाबारे जानकारी भएको बताइन् ।

शिविरको आयोजक हेल्पिङ हेण्ड कर्णाली हुम्लाका अध्यक्ष दिलबहादुर शाहीले बालबालिकाको आँखाको अवस्था पत्ता लगाउन र उपचारको ब्यवस्थाका लागि यो स्क्रेनिङ शिबिर सञ्चालन गरिएको बताए । उनले ५ सय ७७ जना बालबालिकाको आँखाको स्क्रेनिङ गर्दा १५ जनालाई चश्मा प्रयोग गर्ने ब्यवस्था भएको र तीन जनालाई काठमाडौंमा लगेर आँखाको उपचार गर्ने ब्यवस्था समेत भएको बताए ।

अर्को यो निशुल्क आँखाको स्क्रेनिङ कार्यक्रमले प्रत्येक विद्यार्थीको आँखाको अवस्थाका बारेमा जानकारी भएको र विद्यार्थीका अभिभावकलाई समेत जानकारी गराइएको थियो । यसबाट आँखाको चेकजाँज गराउनु पर्छ भन्ने मान्यताको जगाउने कार्य भएको र न्यून आयश्रोत भएको घरपरिवारका बालबालिकालाई सहयोग पुगेको छ ।

चेकजाँचपछि आबश्यक पर्ने औषधी समेत निशुल्क प्रदान गरिएको थियो । यो कार्यक्रम पाँच दिनसम्म सञ्चालन भएको थियो भने स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो । यसका लागि हेल्पिङ ह्याण्डले अष्ट्रेलियामा बस्दै आएका तीन जना नेपालीबाट प्राप्त भएको सहयोगबाट आँखा स्क्रेनिङ कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]