हुम्ला । नेकपा एमाले सिमकोट गाउँ कमिटि अध्यक्षमा कालि बहादुर सुनार सहित ५५ सदस्यीय नयाँ कमिटि गठन गरिएको छ । एमाले दोस्रो गाउँ कमिटि अधिवेनबाट जेठ २४ गते सुनार सहित नयाँ पदाधिकारी चयन गरिएको हो ।
गाउँ कमिटि अध्यक्षमा सुनार, उपाध्यक्षमा लालहिरा सुनार, सचिवमा जमान बोहरा, उपसचिवमा बबरजंग रोकाया र मुना बोहरा सर्वसम्मत चयन भएको नवनिर्वाचित जमन बोहराले बताए ।
एमाले सिमकोट गाउँ कमिटि दोस्रो अधिवेशन गाउँ कमिटिका पूर्व उपाध्यक्ष छिरिङयाङदु लामाको अध्यक्षतामा र प्रदेश कमिटि सदस्य जय बहादुर शाहीको प्रमुख आथित्यमा र एमाले जिल्ला कमिटि अध्यक्ष ज्ञामी बुमीको विशेष आतिथ्यमा सर्व सम्मतबाट नयाँ नेतृत्व चयन भएको छ ।
विहिबार भएको गाउँ कमिटिको दोस्रो अधिवेशनमा जिल्ला कमिटी नेता तथा कार्यकर्ताको समेत सहभागीता रहेको थियो ।