दर्ता भएका, व्यवस्थित नभएका पेट्रोलपमको अनुगमन

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा पेट्रोलपमहरूको अनुगमन गरिएको छ ।
Logo
नन्द सिंह मंगलबार, पुष २२, २०८२

हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा पेट्रोलपमहरूको अनुगमन गरिएको छ । आधिकारीक रुपमा दर्ता भएका तर व्यवस्थित नभएका पेट्रोलपमहरूको अनुगमन गरिएको हो । देशका ७७ वटै जिल्ला मध्य अन्तमा राष्ट्रिय सडक सञ्जालसंग जोडिएको हुम्ला जिल्लामा पनि पेट्रोलपमहरू दर्ता गर्ने प्रक्रिया दिनप्रतिदिन बढ्दै गएको छ ।

सोही पेट्रोलपमको पुस २२ गते मङ्गलबारका दिन सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दको संयोजकत्वमा तीनवटा पेट्रोलपमको अनुगमन गरिएको हो । जसमा दुईवटा पेट्रोलपमको भने आधिकारीक दर्ता गरिएको देखिएको छ । भने एउटा पेट्रोलपम दर्ता प्रक्रियामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताउनुभयो ।

उहाँका अनुसार पेट्रोलपम घरभन्दा केही फरक स्थानमा हुनु पर्नेमा घरसंगै जोडेर राखेको पाइएको छ । जसले गर्दा आगलागीको जोखिम हुने बढी सम्भावना रहेको छ । बजारमै पेट्रोल राखेका कारण कुनै भव्यतव्य घटना हुन सक्ने भन्दै फर्मका प्रोप्राएटरहरूलाई सचेतीकरण गर्ने उदेश्यले उक्त पेट्रोलपमको अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख अर्जुन जोसीले बताउनुभयो ।

बजारमा राधिका आयल स्टोर, दुर्गा भवनी आयल स्टोर आधिकारीक रुपमा दर्ता गरिएको भए पनि अव्यस्थित रहेको पाइएको छ । त्यस्तै एमडी महादेव आयल स्टोर एन्ड सप्लायर्स दर्ता प्रक्रियामा भए पनि पेट्रोल भने विक्रि गर्दै आएको छ । उक्त पेट्रोल पनि अव्यवस्थित तरिकाले जोखिम अवस्थामा भेटिएको हो । बजार भन्दा करीव ३÷४ किलो मिटर टाढा लाक्ना र होमाने खोला आसपासमा पेट्रोलपमका लागि दुईवटा घर निर्माण गरिएको भए पनि ति घरहरू प्रयोग विहिन बनेका छन् ।

उक्त घरबाटै पेट्रोल तथा डिजेल विक्रि नगरेर बजारबाटै विक्रि गरेको पाइएको छ । पछिल्लो समय आगलागीका घटनाहरू वृद्धि हुन थालेपछि सरोकारवाला निकायले यसको न्युनिकरण हुनु पर्ने भन्दै पुर्व सचेतना गर्ने अभियानको थालनी गरेको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला