हुम्ला । बालविवाह विरुद्ध साझा अभियान सञ्जाल हुम्लाले पत्रकार भेटघाट कार्यक्रम राखेको छ । उक्र सञ्जालले पुस २२ गते ९मङगलबार० जिल्लाका पत्रकारहरूसंग भेटघाट कार्यक्रम राखेको हो । सञ्जालले आफुले गरेको गतिविधि र कार्ययोजनाका बारेमा पत्रकारहरूलाई राखेर जानकारी गराएको छ । विगत तीन वर्ष अघि जिल्लाका ११ वटा गैरसरकारी संस्थाहरूको संयुक्त रुपमा गठन गरिएको सञ्जाल मार्फत विशेष गरि हुम्लाका दुईवटा गाउँपालिकामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
जिल्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा उक्त सञ्जालले आफ्नो रणनिति तथा वार्षिक कार्ययोजना तयार पारि प्रक्रियागत रुपमा काम गर्दै आएको सञ्जालका अध्यक्ष छेपालदोर्जे लामाले बताउनुभयो । अध्यक्ष लामाका अनुसार दुईवटा गाउँपालिकामा बालविवाह सम्बन्धि जनचेतना मुलक कार्यक्रम सन्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा सञ्जालले उमेर नपुग्दै विवाह गर्न नमिल्ने, पारिवारिक मिलन जस्ता सामुहिक सचेतनालाई तिव्र पार्दै आएको छ ।
उक्त काम गर्ने क्रममा बालविवाह विरुद्ध साझा अभियान सञ्जालले खार्पुनाथ र सर्केगाड गाउँपालिकाका उमेर नपुग्र्दै विवाह गरेका दुईवटा बालविवाहमा समावेश बालिकाहरूलाई सकारात्मक शन्देश दिदै घरपरिवारसंग पुनर मिलन गराउँदै प्रोत्सान स्वरुप केही आर्थिक सहयोग समेत गरेको अध्यक्ष लामाले बताउनुभयो । यी दुईवटा घटना त प्रतिनिधि पत्र मात्रै हुन् । तर हुम्लामा बालविवाहका अप्रतक्ष रुपमा सयौँ देखिएका छन् । गाउँमा उमेर नपुग्र्दै विवाह गर्नेको संख्या उल्लेखनीय छ ।
ति घटनाहरू बाहिर नआएरै त्रि रुपमा गुपछुपमै मिलापत्र हुने गरेको पाइन्छ । यसको न्युनिबरणका लागि स्थानीय तहको भूमिका खासै सकारात्मक देखिदैन । युनिसेफ नेपालको आर्थिक सहयोग तथा बाल विवाह विरुद्ध साझा अभियान सञ्जाल हुम्लाको समन्वयमा बालविवाह विरुद्ध पाँच वर्षे रणनिती तथा कार्ययोजना तयार पारीएको छ । जस अन्र्तगत विधालयमा सचेतना कार्यक्रम, रेडियोमा बालबालिका सम्बन्धि कचहरी कार्यक्रम, बाल विवाह अन्त्य सँगै न्युनिकरण गर्ने तयारी गरेको छ । नेपालमा २०३० सम्म बाल विवाह अन्त्य गर्ने नेपाल सरकारको तयारी रहेको छ ।
