कांग्रेस दास लासको पार्टी होइन : गगन थापा

कांग्रेस दास र लासको पार्टी होइन, हामी सबै बराबर छौं,
Logo
Karnali Serophero आइतबार, पुष २७, २०८२

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस दास र लासको पार्टी नभएको बताएका छन्।

भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेस दास र लासहरुको पार्टी नभएको बताएका हुन्।

कांग्रेस दास र लासको पार्टी होइन, हामी सबै बराबर छौं,

कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवफ पनि दिन सक्दैन।´ महामन्त्री थापाले महाधिवेशनलाई सम्बोधन गर्दै भने।

महामन्त्री थापाले कांग्रेस प्रति जनताको भरोसा रहेको बताउँदै चुनाव भन्दा पनि अहिले ब्यवस्था र संविधान सँगै जनताको भरोसा जोगाउनु पर्ने बताए।

`चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले सिस्टम र संविधान जोगाउनु पर्ने छ, त्यो भन्दा बढी जनताको भरोसा जोगाउनु पर्ने छ।´ थापाले भने।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला