हुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले हुम्लालाई पनि छोइसकेको छ । उम्मेदवारहरू मत आफ्नो पक्षमा पार्न मतदाताको घरदैलो पुग्न थालेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू चुनावी अभियानमा सक्रिय भएका छन् । पुराना तीनै दलका उम्मेदवारहरूले सिमकोट गाउँपालिका–५, को तल्लो गाउँ चौपाडीबाट चुनावी अभियान सुरु गरेका छन् । भने रास्वपाले हुम्लाको दक्षिण क्षेत्रको ताँजाकोट गाउँपालिकाबाट घरदैलो अभियान सुरू गरेको छ ।
रास्वपा हुम्लाकी उम्मेदवार टासी ल्हाजोमले दक्षिण हुम्लाको ताजाँकोटबाट आफ्नो पक्षमा मत माग्दै चुनावी अभियान थाल्नु भएको छ । उम्मेदवारहरू मत माग्दै घरदैलोमा पुगे पनि हुम्लाका मतदातामा भने चुनावप्रति खासै उत्साह देखिएको छैन । नेकपा एमाले हुम्लको निर्वाचन प्रचार टोली हुम्लाको ताँजाकोटमा घरदैलो अभियान सञ्चालन गरेको छ । उक्त पार्टीले सिमकोट गाउपासिकाको ४,५ र ६ को घरदैलो अभियान सन्चालन पछि जिल्लाको दक्षिण क्षेत्रको ताँजाकोट गाउँपालिका– १,२ र ३ मा घर दैलो अभियान सञ्चालन गरेको नकपा एमालेका केन्द्रिय सदस्य, जिल्ला इन्चार्ज एबम निर्वाचन परिचालन मुल कमिटिका संयोजक दल रावलले बताउनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार दल फडेरा प्रत्यक्ष तर्फ र केन्द्रिय सदस्य गोरखबहादुर बोगटी समानुपातीक तर्फका उम्मेदवारमा टिकट पाउनु भएको छ । त्यस्तै नेपाली काँग्रेसले बुधबारदेखी घरदैलो अभियान सञ्चालन गरेको छ । जसमा नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार जयपती रोकाय र समानुपातीक तर्फ ताराबहादुर लामाले टिकट पाउनु भएको हो ।
सो पार्टीले सिमकोट गाउँपालिका वडा नं ८ को याँगु र साँतामा घरदैलो अभियान सञ्चालन गरेको नेपाली कांग्रेसका जिल्ला सभापती कैलाश भण्डारीले बताउनुभयो । त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले खार्पुनाथ गाउँपालिका–५ याँङचु र दुर्पामा सम्पन्न गरी १ को प्युसमा पुगेको छ । उक्त पार्टीको प्रत्यक्ष उम्मेदवार डाक्टर दिपेन्द्र रोकायाले टिकट पाउनु भएको छ । नेकपा माओवादी (विप्लब)ले शुक्रबारदेखि सिमकोट गाउँपालिका–८ को स्याँडाबाट औपचारीक रुपमा प्रचार प्रसार कार्यक्रम सुरु गर्ने भएको प्रत्यक्ष उम्मेदवार कुम्भ बुढाले बताउनुभयो ।
