हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दे मुख्य निर्वाचन अधिकृतको टोलिद्धारा जिल्लाको दक्षिण क्षेत्रका मतदान स्थलको अनुगमन गरिएको छ । तल्लो क्षेत्रको ताँजाकोट गाउँपालिका हुँदै सर्केगाड गाउँपालिकाका मतदान स्थलको अनुगमन सम्पन्न भएको हो ।
पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित तथा विश्वसनीय बनाउन हुम्ला जिल्लाका दक्षिणी क्षेत्र अन्तर्गत पर्ने विभिन्न गाउँपालिकाका मतदान स्थलहरूको स्थलगत अवस्था, भौतिक पूर्वाधार, सुरक्षा व्यवस्थापन, मतदाताको पहुँच, निर्वाचन सामग्रीको सुरक्षित भण्डारण तथा समग्र तयारीको सूक्ष्म मूल्यांकन गर्ने उद्देश्य सहित मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालको नेतृत्वमा गएको टोलिले मतदान केन्द्रको अनुगमन गरेको छ ।
बुधबार पहिलो दिन उक्त टोलिले ताँजाकोट गाउँपालिकाका ७ र अदानचुली गाउँपालिकाका ६ वटा मतदान स्थलहरूको अनुगमन गरेको थियो । त्यस्तै दास्रो दिन दोस्रो दिन अदानचुली गाउँपालिकाका मतदान स्थलको अनुगमन गरेको थियो । भने तेस्रो दिन चंखेली गाउँपालिकाका ६ वटा र सर्केगाडका ७ वटा मतदान स्थलहरूको अनुगमन गरि टोलि सदरमुकाम सिमकोट तर्फ प्रस्थान गरेको निर्वाचन अधिकारी भिमबहादुर रोकायाले बताउनुभयो ।
टेलिले विभिन्न स्थलहरूमा पुगेर आवश्यक निर्देशन तथा समन्वय गर्दै आएको छ । अनुगमन टोलीमा मुख्य निर्वाचन अधिकृत निलकण्ठ बराल, प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी, गुल्मपति हरिबाबु श्रेष्ठ, प्रहरी नायव उपरीक्षक शंकर खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायव निरिक्षक डम्बरबहादुर साउद, राष्ट्रिय अनुसन्धान अधिकृत मेघराज कडेल र जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकाया सहित सम्बन्धित सुरक्षा निकाय र प्रशासनका उच्च अधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
