भरुवा बन्दुकसहित एक जना पक्राउ

Logo
नन्द सिंह शनिबार, माघ २४, २०८२

जिल्ला प्रहरी कार्यालय हुम्लाले भरुवा बन्दुक र भालुको जस्तो पन्जाको नंग्रा भागसहित एक जनालाई पक्राउ गरेको छ । पक्राधउ पर्नेमा सिमकोट गाउँपालिका वडा नम्वर ४ बुराउसे बस्ने ७४ वर्षीय कुङ्गा सुन्दुप लामा रहेका छन् ।

प्रहरीको अनुसन्धानले आरोपीत लामा र उनको घरको कोठाबाट भरुवा बन्दुक सहित भालुको जस्तो पन्जाको नंग्रा समेत बरामद गरेको हो । भरूवा बन्दुक र जंगली जनावरको नंग्रा लुकाई छिपाई गरि रखोको अवस्थामा प्रहरीले फेला पारेको हो ।

गोप्य सूचनाको आधारमा माघ २४ गते बिहान साढे ९ बजे १ थान बन्दुक र जंगली जनावरको भालुको जस्तो देखिने पन्जाको भाग समेत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंकर खड्काले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला