हुम्ला । सर्केगाड गाउँपालिका–६ स्थित गिउसीका २८ वर्षीय पुसे लवाडलाई कुटपिट गरि मृत्यु भएको आरोपमा प्रहरीले मृतकका भतिज ३५ वर्षीय नन्दलाल लवाडलाई माघ २४ गते प्रहरीले पक्राउ गरेको छ ।
सर्केगाड गाउँपालिका–६ स्थित स्यालतडी खोलामा माघ २१ गते आफ्नै काका मृतक लवाड ग्यविन जाली भर्ने क्रममा पीडक भनिएका नन्दलाल लवाडले मादक पदार्थ सेवान गरि कुटपिटपछि उक्त ग्याविन जालीबाट धकेलेर भिरबाट खसाल्दा घाइते भएका लवाडलाई माघ २२ गते जिल्ला अस्पतालमा पुराइएको थियो ।
जिल्ला अस्पताल हुम्लामा पुराइएका घाइते लवाडको जिल्लामा उपचार हुन नसकेपछि जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको थियो । कुटपिट गरि घाइते भएका लवाडको जिल्ला बाहिर नेपालगन्ज स्थित सञ्जिबनी कलेज अफ मेडिकल साइन्सेज प्रालिमा उपचारका क्रममा माघ २३ गते मृत्यु भएको थियो ।
मादक पदार्थ सेवनपछि कुटपिट गरी घाईते बनाई फरार रहेका लावडलाई प्रहरीले सर्केगाड गाउँपालिका–६ गिउसी स्थित जंगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो । कर्तव्य ज्यान सम्वन्धि मुद्दा दायर घएको घटनालाई माघ २५ गते जिल्ला अदालतमा पठाएको र उक्त घटनाको ७ दिनको म्याद थपि थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनुभयो ।
