कांग्रेसले घोषणापत्र नभइ प्रतिज्ञा पत्र ल्याउँछ – गगन थापा 

Logo
Karnali Serophero मंगलबार, माघ २७, २०८२

सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभइ प्रतिज्ञापत्र ल्याउने बताएका छन् ।

सिराहा निर्वाचन क्षेत्र नं ३ ले गोलबजारमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले प्रतिज्ञापत्र ल्याउने बताएका हुन् ।

‘फागुन २१ गते निर्वाचन हुनेछ, चैतमा सरकार गठन हुनेछ र वैशाख १ गते प्रधानमन्त्रीले उभिएर आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने कामबारे प्रतिबद्धता जनाउने छन्’, उनले भने, ‘भाषण होइन, काम गरेर देखाइन्छ । वैशाख महिनाभरि बनाइएका योजनाको मूल्यांकन जेठ १ गते गरिन्छ । एक–एक महिनामा कामको मूल्यांकन हुन्छ र नागरिकलाई नै मूल्यांकनमा सहभागी गराइन्छ ।’

सभापति थापाले प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा गर्ने प्रणाली लागू गरिने बताए । ‘यस्तो सरकार बनाउन सकिन्छ । समय पनि छ । तर यसका लागि उत्साह, अनुभव, जोश, होस र सम्हाल्ने क्षमता चाहिन्छ,’ थापाले भने।

उनले थप भनेका छन्, ‘केवल उखान टुक्का र भत्काउने कुरा गरेर हुँदैन, सबैलाई मिलाएर अघि बढाउने क्षमता चाहिन्छ, जुन क्षमता नेपाली कांग्रेस र मसँग छ ।’

सभापति थापाले कांग्रेसका उम्मेदवारले प्रत्येक जिल्लामा गरेका वाचा पूरा हुने दाबी गर्दै त्यसको जिम्मेवारी आफूले लिने पनि बताए । त्यसका लागि जनताले पहिले जिताएर पठाउनुपर्ने उनको आग्रह छ ।

‘हामी सपना बोकेर आएका छौँ । देशभरिका आमाको अनुहारमा मुस्कान ल्याउन चाहन्छौँ, युवालाई भरोसा दिन चाहन्छौँ र साथीहरूलाई ‘नेपाली हुँ’ भन्ने गर्व दिलाउन चाहन्छौँ,’ थापाले भने, ‘त्यसका लागि जनताको साथ आवश्यक छ ।’

उनले युवाहरूकै लागि आफू जोखिम मोलेर पार्टीको सभापति बनेको पनि बताए ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला