काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा डाटा भिजुअलाइजेसन तालिनम सम्पन्न भएको छ । नाफिज सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुसार मंगलबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौंमा भएको उक्त कार्यक्रममा डाटा भिजुअलाइजेसन गरेर कसरी समाचारलाई आकर्षक बनाउन सकिन्छ भन्ने विषयमा नाफिज सदस्यहरुलाई तालिम दिइएको हो । उक्त तालिममा नाफिजका २१ जना सदस्यहरुको सहभागिता रहेको थियो । डाटाहरुलाई भिजुअलाइजेसनमार्फत कसरी प्रस्तुती गर्ने भन्ने विषयमा प्रशिक्षक अरुण कार्कीले नाफिज सदस्यहरुलाई तालिम प्रदान गरेका थिए ।
सदस्यहरुको क्षमता अभिवृद्धि अनुसार नै यो कार्यक्रम गरिएको थप तालिमका लागि पनि नाफिजले तयार रहेको अध्यक्ष मेनुका कार्कीको भनाइ छ । तालिम लिएका सदस्यहरुले यसको प्रयोग गरेको विषयमा निरीक्षण गरिने र त्यसका आधारमा आगामी दिनमा तालिममा सहभागि गराइने पनि अध्यक्ष कार्कीले बताइन् ।
नाफिज आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिमा ध्यान दिने भन्दै अध्यक्ष कार्कीले सदस्यहरुबाट माग भएको खण्डमा थप एडभान्स तालिम पनि दिन सकिने बताइन् । ‘यो तालिम लिएका सदस्यहरुले डाटाको भिजुअलाइजेसन प्रयोग गरेको आधारमा थप आवासिय तालिमको पनि आयोजना गर्छौँ । यसका लागि सदस्यहरुले सिकेको कुरालाई प्रयोग गर्नु पर्छ,’ उनले भनिन् ।
तालिममा सहभागी सदस्यहरुले तालिम उपलब्धिपूर्ण बनेको भन्दै यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि आयोजना गर्नका लागि आग्रह गरेका थिए । डाटालाई विभिन्न प्रकारका चार्ट, नक्सा, पाइचार्ट लगायतमा प्रयोग गरेर अनलाइन सञ्चार माध्याममा प्रयोग गर्ने तरिका व्यवहारीक रुपमा नै सिकाइएको थियो । सैद्धान्तिक भन्दा पनि व्यवहारीक रुपामा सिकाइएका यस्ता तालिमहरु धैरै प्रभावकारी हुने नाफिज सदस्यहरुको भनाइ थियो ।
