पाँच वर्षीय बालकले लाइटर खेलाउने क्रममा एक घर आगलागी

Logo
नन्द सिंह शुक्रबार, फाल्गुण ०१, २०८२

हुम्ला । पाँच वर्षीय बालकले लाइटर खेलाउने क्रममा सर्केगाड गाउँपालिका–६ बराइको एक घरमा आगलागी हुँदा भौतिक सामग्री सहित धनमालको क्षेती भएको छ । मध्य क्षत्रमा रहेको सर्केगाड गाउँपालिका–६ स्थित बराई निवासी रुपबहादुर बुढाथोकी र विष्णु बुढाथोकीको घरमा आगलागी भएको सर्केगाड प्रहरीचौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक विष्णु श्रेष्ठले बताउनुभयो ।

शुक्रबार विहान साढे ११ वजेको समयमा ढुङगा, माटो र काठले बनेको ४ तले १० कोठा भएको कच्चि घरमा सोही ठाउँका बक्त बुढाथोकीका छोरा ५ वर्षका बालक समिर बुढाथोकीले उक्त घरको छतमा लाइटर खेलाउने क्रममा सोही घरको छतमा रहेको खरको थुप्रोमा आगलागी हुँदा २ तला माथिको ४ कोठा आगलागीबाट क्षेती भएको प्रहरी निरिक्षक श्रेष्ठले बताउनुभयो ।

आगलागीबाट घर भित्र रहेको ६ थान लिउ, ५ थान फेरुवा, खाने कोदो, धान समेत जलेर नष्ठ भएको छ । आगलागीबाट मानवीय र चौपायमा भने कुनै क्षती भएको छैन । लागेको केही समयमा आगो स्थानिय व्यक्तिहरूद्धारा पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । हालसम्म घटनाको प्रहरी मुचुल्का भई नसेको र शनिबार भोलि विहान मात्रै प्रहरी मुचुल्का गर्ने श्रेष्ठको भनाई छ । क्षेतीको पर्याप्त विवरण पनि सोही दिन आउने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला