हुम्ला । गत दुईवर्षदेखि हराएका तथा चोरी भएका मोवाइलहरू जिल्ला प्रहरी कार्यालय हुम्लाले शुक्रबार एक कार्यक्रमका विच बुझाइएको छ । यस अघि हुम्ला जिल्लाका विभिन्न सहर तथा गाउँबस्तीहरूबाट हराएका र चोरी भएका एनरोड (टच) मोवाइलहरू आज मोवाइल धनिकै हातमा बुझाइएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनुभयो ।
विभिन्न समयमा हराएका र चोरी गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीको अपराध अनुसन्धान काठमाण्डौँ र जिल्ला प्रहरी कार्यालय हुम्लाको गोप्य अनुसन्धान टालिले उक्त मोवाइलहरू भेटाएपछि आज पत्रकारको रोवहरमा मोवाइल मालिकहरूलाई बुझाइएको छ । गत दुई वर्ष यता हुम्लाबाट १७ वटा मोवाइल हराएका र ४ वटा मोवाइलहरु चोरी भएका थिए ।
सबै गरेर २१ वटा टच मोवाइलहरू मध्ये आज १२ वटा मोवाइलहरू मोवाइल धनिहरूलाई जिल्ला प्रहरी कार्यालय मै बोलाएर उनिहरूकै हातमा बुझाएको हो । हुम्लाबाट हराएका सम्पुर्ण मोवाइलहरू अनुसन्धानका क्रममा जिल्ला बाहिर भेटिएको र प्रहरीको सहयोगमा हुम्लामा पठाएको थियो । हराएका र चोरी भएका उक्त मोवाइलहरू १५ देखि ३५ हजार बराबर मुल्यका रहेको प्रहरीले जनाएको छ ।
