आचार संहिता सम्वन्धि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बस्यो बैठक

Logo
नन्द सिंह मंगलबार, फाल्गुण ०५, २०८२

हुम्ला । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आचार संहिता अनुगमन समितिको बैठक बसेको छ । मंगलबार आचार सहिँता अनुगमन समितिको बैठकमा सहायक निर्वाचन अधिकृत एवम हुम्ला जिल्ला अदालतका श्रेस्तेदार श्रीदीव वाग्लेले निर्वाचन आचार संहिता २०८२ का बारेमा उपस्थित व्यक्तिहरूलाई जानकारी गराउनु भएको थियो ।
यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य २०८२ लाई स्वच्छ, निष्पक्ष, शान्तिपुर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सम्पुर्ण राजनितिक दल, उम्मेदवार तथा निजका प्रतिनिधिहरु एव संचार माध्यमद्धारा निर्वाचन आचारसंहित २०८२ लाई अक्षरशः पालाना गर्ने साथै सवारी साधनको अनुमति सम्बन्धि कार्यविधि २०८२ अनुसार मात्र सवारी साधनको प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको हो ।

निर्वाचन आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, आचारसंहिता अनुगमन कार्यलाई निरन्तरता अगाडी बढाउने निर्णय भएको थियो । उक्त निर्वाचनको दिनमा जेष्ठ नागरिक र अपंगता भएका व्यक्तिहरूले आफ्नो मतदान गर्न नसक्ने भएको खण्डमा एका घरको व्यक्तिलाई मात्र मतदान गर्न मिल्ने भएको मुख्य निर्वाचन अधिकृत निकण्ठ बरालले बताउनुभयो । निर्वाचन विधि र पद्धति अनुसार हुने भएकोले नियम विपरीत कसैको पनि वारेस गर्न नमिल्ने जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृत बरालले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत बरालको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, गुल्मपति हरिबाबु श्रेष्ठ, प्रहरी नायव उपरिक्षक शंकर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द, अनुसन्धान अधिकृत मेघराज कंडेल, पत्रकार महासंघका अध्यक्ष राजन रावत, निर्वाचन अधिकारी भिमबहादुर रोकाया लगायत हुम्ला जिल्लामा स्थापित राजनैतिक दलका प्रमुख एवम प्रतिनिधि र संचारकर्मीको उपस्थित रहेको थियो ।

एकद्ध्वार प्रर्णाली लागु गर्ने भन्दै उम्मेदवारले खोले बैँक खाता
एकद्ध्वार प्रर्णाली लागु गर्ने उदेश्यका साथ निर्वाचन आयोगको निदेशन अनुसार चुनावमा उम्मेदवार उठेका उम्मेदवाहरूले बैँक खाता सञ्चालन गरेका छन् । उक्त निर्देशन अनुसार हुम्ला जिल्लामा ७ वटा पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । बैँक खाता सञ्चालन गर्नेमा हालसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ठ पार्टी नेकपा र नेकपा माओवादी पार्टीका उम्मेदवार रहेका छन् ।

निर्वाचन आयोगले कुनै पनी उम्मेदवारहरूबाट आर्थिकको चलखेल धेरै हुन सक्ने र त्यसको नियन्त्रण एक मात्रै माध्यम बैँक खाता खोलेर सञ्चालन गर्ने भएपछि उम्मेदवारहरूले खाता सञ्चालन गर्नु पर्ने भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका प्रमुख अंगबहादुर कार्कीले बताउनुभयो । प्रमुख कार्कीका अनुसार यो प्रक्रिया पहिलो पटक भएकाले हालसम्म चारवटा पार्टीका उम्मेदवारहरूले खाता सञ्चालन गर्नुका साथै बाँकी तीनवटा पार्टीका उम्मेदवारहरूले बैँक खाता खोल्ने प्रक्रियामा रहेको बताइएको छ ।

कुनै पनि पार्टीका उम्मेदवारहरूले यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ३३ लाख रुपियाँ भन्दा बढी खर्च गर्न नपाइने भएकाले प्रक्रियागत रुपमा बैँक खाता खोल्नु पर्ने भएको जानकारी कोष तथा लेखा नियन्त्रक कार्कीले दिनु भएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला