आगलागी पीडितलाई राहत सहयोग

Logo
नन्द सिंह बिहिबार, फाल्गुण ०७, २०८२

हुम्ला । सिमकोट गाउँपालिका वडा नम्वर ७ स्थित डाँडाफयाको औल चुक्याडीका आगलागी पीडितलाई राहत सहयोग गरिएको छ । मङ्गलबार राति करिब ७ बजे लागेको आगोबाट सोही ठाउँका भागेन्द्र बहादुर शाहीको घर पुर्ण रुपमा क्षेती भएपछि आज विहिबार राहत सहयोग गरिएको हो । आगलागीबाट सम्पूर्ण क्षति बेहोर्नुभएका भागेन्द्रबहादुर शाहीका घरपरिवारलाई तत्कालको समस्या समाधान गर्न गुटनेभर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोग, किर्डाक नेपालको सहकार्य र सिमकोट गाउँपालिकाको समन्वयमा उक्त राहत सामग्री प्रदान गरिएको किर्डाक नेपाल हुम्लाका संयोजक जनक बुढाले बताउनुभयो ।

आगलागीबाट घरभित्रको सम्पुर्ण धनमाल क्षेती गरेकोले दैनिक छाक टार्न समेत कठिनाई भएको वेला सरकारी तथा गैरसरकारी निकायले मलमपट्टी लगाएको आगलागी पीडित शाहीले बताउनुभयो । पहिलो आवश्यक्ता गाँस, बास र कपासका लागि सामग्री सहयोग गरिएको शाहीले जानकारी दिनुभयो । किडाक हुम्लाले तीनवटा कम्मल, तीनवटा तन्ना, तीनवटा डस्ना, दुईवटा जग, आठवटा स्टिलका कचौरा, दुईवटा डेक्ची, आठवटा स्टिलका कप, एउटा बाटा, दश लिटरको दुईवटा ग्यालेन, १५÷१५ वटा नुहाउने र लुगा धुने साबुन, पाँचवटा टुथपेस्ट र आठवटा बरस गरि जम्मा २५ हजार रुपियाँ बराबरको सामग्री सहयो गरिएको संयोजक बुढाले जानकारी दिनुभयो ।

त्यस्तै सोही दिन सिमकोट गाउँपालिकाले पनि पीडितलाई राहत सहयोग गरेको छ । राहत स्वरूप चामल, पीठो, चिउरा, तेल, मसला, पाल, कम्बल, बाल्टिन र जग लगायतका सामग्री वितरण गरिएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । आगलागीका बेला घरमा तीन जना सदस्य रहे पनि मानवीय क्षति भने हुन पाएन । राति अबेर आगो नियन्त्रणमा आए पनि दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो ।

उक्त राहत सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले हस्तान्तरण गर्नुभएको हो । आगलागीबाट घरमा राखेको दुई तोला सुन, चादीका तीनवटा बाला, दुई क्वीन्टल धान, १ क्वीन्टल ६० केजि सिमि, चार क्वीन्टल कोदो, एक क्वीन्टल फापर, दुई क्वीन्टल जौ, सिरक, तन्ना, लिउ फेरुवा, भाडाकुडा र नगद २५ हजार गरि २३ लाख ५७ हजार रुपियाँ बराबरको धनमालको क्षेती भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला