निशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा दुईहप्ताका लागि बन्द

Logo
नन्द सिंह आइतबार, फाल्गुण १०, २०८२

हुम्ला । गत पुसको १३ गतेदेखि सञ्चालन हुँदै आएको निशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा बन्द भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरू खटिनु पर्ने भएको भन्दै लोक सेवा तयारी कक्षा सञ्चालन समिति सिमकोट हुम्लाले करीव दुई हप्ताका लागि पठनपाठन कार्य बन्द गरेको हो ।

उक्त समितिद्धारा एक सुचना जारी गर्दै उक्त निर्वाचन कार्यलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा सफलतापूर्वक सम्पन्न गर्न आवश्यक जनशक्ति परिचालन तथा व्यवस्थापन कार्यमा संलग्न रहनुपर्ने भएकाले फागुन १० गतेदेखि २५ गतेसम्म सञ्चालन हुने सम्पूर्ण कक्षाहरू स्थगित गरिएको लोक सेवा तयारी कक्षा सञ्चालन समिति हुम्लाका संयोजक इश्वरबहादुर सिंहले जानकारी दिनुभयो ।

लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अभ्यासको रूपमा रहेको निर्वाचन कार्यलाई सफल बनाउन विद्यार्थीहरूलाई आ–आफ्नो स्थानबाट अनुशासित, जिम्मेवार र सचेत नागरिकको भूमिका निर्वाह गर्न अनुरोध गर्नु भएको छ । करीव दुई हप्ता बन्द रहेको कक्षाहरु फागुन २६ गतेबाट नियमित रुपमा सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला