हुम्ला । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न मतदान स्थल तथा मतदान केन्द्रमा खटिने कर्मचारीलाई खटनपटनको कार्य तिव्र तयारी पारिएको छ । हिजो विहिबार जिल्लाका ६० वटा मतदान स्थल र ६४ वटा मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई एक दिनका लागि प्रशिक्षण तथा अभिमुखिकरण गरिएपछि उनिहरूलाई स्थल तर्फ खटनपटनको कार्य तिव्र पारिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले कर्मचारीसंग लग्ने मतपत्र, मत पेटिका लागय निर्वाचनमा प्रयोग गरिने सम्पुर्ण सामग्रीको बन्दबस्तो गर्ने कार्य गरि रहेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिनुभयो । निर्वाचनका लागि जिल्ला बाहिरबाट आएका मतपत्र र मतपेटिका मतदान अधिकृत र सहायक मतदान अभिकृतलाई बुझाउने तयारी समेत भई रहेको मुख्य निर्वाचन अधिकृत बरालले बताउनुभयो ।
मतपत्र रुजु लगायतका निर्वाचन सम्वन्धिको अन्य सम्पुर्ण कार्य तिव्रगतिमा भईरहेको बताइएको छ । त्यस्तै हिमाली क्षेत्रका मतदान स्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरूको स्वास्थ्यलाई मध्य नजर गर्दै जिल्ला अस्पताल हुम्लालाई औषधिको समेत सहयोग मागेको उहाँले बताउनुभयो । निर्वाचन अवधिभर स्थानीयतह, प्रदेश र संघिय सरकार अन्तरगतका कार्यालयहरूमा रहेका सरकारी सवारी साधनहरू आवश्यक्ता अनुसार प्रयोग गर्न सकिने लगायतका विभिन्न कार्यहरू तयारी गरि रहेको मुख्य निर्वाचन अधिकृत बरालले बताउनुभयो ।
