निर्वाचनलाई लक्षित गर्दै जिल्लाका क्रियाशिल पत्रकारहरूसँग अन्त्ररक्रिया

Logo
नन्द सिंह शुक्रबार, फाल्गुण १५, २०८२

हुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी पत्रकारहरु सँग अन्त्ररक्रिया कार्यक्रम संचालन गरिएको छ । शुत्र,बार जिल्ला निर्वाचन कार्यालय हुम्लालले हुम्ला जिल्लाका क्रियासिल पत्रकारहरुलाई निर्वाचन आचार संहिता, रेडियो तथा अनलाइमा निर्वाचन सम्बन्धि गधिविधि प्रसारण तथा प्रकासन, मतदाता शिक्षा लगायतका विषयमा छलफल गरिएको थियो ।

उक्त वियामा उपस्थित सम्पुर्ण पत्रकारहरूलाई नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले प्रशिक्षण गर्नु भएको थियो । प्रशिक्षण्का क्रममा अध्यक्ष रावतले जिल्लाका कोही कसै पत्रकारहरूले निर्वाचन आचारसहिंता उल्लंघन गरेमा नेपाल पत्रकार महासंघ जवावदेही नहुने समेत चेतावनी लिनु भएको थियो ।

त्यसै गरी शुशिला कार्कीको नेतृत्वमा सरकार गठन भएर राजनितिक गतिविधि सँगै निर्वाचन प्रक्रियामा आइ सकेपछि भएका गतिविधि र यहि फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ मर्यादित धाँदलि रहित बातावरणमा संचालनका लगाी जिल्ला निर्वाचन कायालले खेलेका भुमिकाका बारेमा जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाले जानकारी गराउनु भएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रम निर्वाचन अधिकारी भिमबहादुर रोकाया तथा पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतको प्रमुख आतिथ्यमा निर्वाचन कार्यालय हुम्लामै संचालन भएको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला