हुम्ला । हुम्लाको कर्सेगाड गाउँपालिका वडा–५ स्थित तलछरी लघुजल विधुत अवरुद्ध भएको छ । गत एकसातादेखि सो तलछरी लघु जलविधुत आयोजना बन्द भएपछि सेवाग्राही उज्यालोबाट बञ्चित भएका हुन् । विधुत अवरुद्ध हुँदा साविकको तीनवटा गाविस र हालको तीनवटा वडाका स्थानीय नागरिक विधुत सेवाबाट प्रभावित बनेका छन् । सर्केगाड गाउँपालिका–४, ५ र ६ नम्बर वडाका सेवाग्राही हाल उज्यालोबाट बञ्चित हुनु परेको स्थानीय रवि भण्डारीले जानकारी दिनुभयो ।
सर्केगाडको साँया, मुण्डी, गोठी, बराई र छ्याँगी लगायतका गाउँबस्तीका नागरिकले सास्ती खेप्नु परेको छ । ग्रामीणका बस्ती मात्रै नभई हुम्लाको दोस्रो सदरमुकामका रुपमा चिनिएको सर्केगाड बजार समेत अहिले अन्धकारमय बनेको सेवाग्राही भण्डारीले गुनासो गर्नुभयो । सर्केगाड बजार लगायत अन्य तीनवटा वडाका करीव ४ हजार नागरिक उक्त सेवाबाट प्रभावित बनेका छन् । फागुन २२ गतेबाट विधुतको जेनेरेटरमा रहेको बेल्ड (फिता) चुडिएपछि विधुत अवरुद्ध भएको बताइएको छ ।
५० किलो वाडको तल्छरी विधुतको चुडिएर समस्या भएको विधुतको जेनेरेटरमा रहेको उक्त बेल्ड केही दिनसम्म सर्केगाड बजारमा आइ पुग्ने बताइएको छ । हाल त्यस क्षेत्रका स्थानीय नागरिक सल्लाको दियालो, मइनबत्ती र टर्च लागयतका स्रोतसामग्रीहरूबाट मुस्कीलले उज्यालो गर्न बाध्य भएका छन् ।
