माओवादी केन्द्र हुम्लाले सम्पन्न गर्यो २९ वडामा दोस्रो अधिवेशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओबादी केन्द्र) हुम्लाले दोस्रो अधिवेनबाट जिल्लाको २९ वडाको वडा समिति गठन सम्पन्न गरेको छ ।
Logo
ऐटन रावल सोमबार, जेठ २८, २०८१

हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओबादी केन्द्र) हुम्लाले दोस्रो अधिवेनबाट जिल्लाको २९ वडाको वडा समिति गठन सम्पन्न गरेको छ । माओवादी केन्द्र हुम्लाको जेठ ४ र ५ गते सर्केगाडमा बसेको बैठकको निर्णय अनुसार जेठ २६ गते एकसाथ जिल्लाभर रहेका ४४ वटै वडामा वडा समिति सम्पन्न गर्ने निर्णय गरेको भएपनि हालसम्म २९ वडामा मात्रै नयाँ कमिटि गठन सम्पन्न भएको जिल्ला पार्टि सचिव धर्मराज बोहराले बताए ।

जसमा ताँजकोट, सिमकोट, चंखेली, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका २९ वडामा वडा समिति गठन गरिएको जिल्ला सचिव बोहराले जानकारी दिए । माओवादी केन्द्र जिल्ला पार्टी सचिव बोहराका अनुसार, दोस्रो वडा समिति अधिवेशन सम्पन्न तथा वडा समिति गठन हुनेमा प्रदेश (क) को ताँजकोट गाउँपालिकाको क्रमश वडा नम्बर ५ राज बहादुर खड्का, कर्णप्रसाद शर्मा, मनबहादुर शाही, मनप्रसाद ढकाल र वलमान रावलको नेतृत्वमा वडा समिति गठन गरिएको छ ।

त्यस्तै अदानचुलीको ६ वटै वडामा क्रमश पूर्णलाल थापा, लालबहादुर सुनार, भक्त नेपाली, गोकुल थापा, लाल सिंह र गोर कट्टेलको नेतृत्वमा वडा समिति गठन गरिएको छ । चंखेली गाउँपालिकाको वडा नम्बर १, २, ४ र ६ नम्बर वडामा क्रमश मत्या बुढा, धनलाल धिताल, गोविन्दबहादुर शाही र भीम तामाङको नेतृत्वमा वडा समिति गठन भएको हो ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर प्रदेश (ख) मा खार्पुनाथ गाउँपालिकाको चारवटा वडामा क्रमश विवेक बुढा, फुन्जु रावल, धन बोहरा र काली बहादुर जेठाराको नेतृत्वमा नयाँ वडा समिति निर्वाचीत भएका छन् । भने सिमकोट गाउँपालिकाको वडा नम्बर २, ४, ५, र ७ मा क्रमश हरिसिंह बोहरा, डुक्पा लामा, काली बहादुर कामी, र ध्वजबहादुर शाहीको नेतृत्वमा नेकपा माओवादी केन्द्र वडा समितिमा नयाँ नेतृत्व चयन गरिएको हो ।
यस्तै नाम्खा गाउँपालिकाको वडा नम्बर १, ३ र ४ वडा कमिटि गठन गरिएको बताइएको छ । नेकपा माओवादी केन्द्रको पार्टी विधान अनुसार प्रत्येक वडामा २५ सदस्यीय वडा समिति नयाँ निर्वाचित गरिएको छ । जिल्लामा बाँकी रहेको सर्केगाड गाउँपालिका सहित अन्य पालिकाका वडामा समेत नयाँ वडा समिति चयन हुने भएको सचिव बोहराको भनाई छ । नयाँ निर्वाचीत वडा समिति पदाधिकारीलाई प्रत्येक वडामा बाजागाजा सहित भव्य स्वागत गर्दै नयाँ नेतृत्वलाई बधाई समेत दिइएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला