सरकारी कार्यालयले नै खानेपानीको डाइरेक्ट लाइन जोडेपछि बजारबासीलाई सास्ती

सदरमुकाम सिमकोटमा ल्याइएको खानेपानी मुहानमा खानेपानीको अभावमा पलाष्टि विछ्याइएको ।
Logo
नन्द सिंह शुक्रबार, चैत्र १३, २०८२

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेका मुख्य सरकारी कार्यालयहरूलाई नै खानेपानीको डाइरेक्ट लाइन जोडेपछि बजारबासीलाई खानेपानीको समस्या चुलिएको छ । खानेपानी उपभोक्ता समितिले विगत केही वर्षदेखि यता जिल्ला प्रशासन कार्यालय हुम्ला र मानसरोवर माध्यामिक विद्यालयलाई डाइरेक्ट लाइन वितरण गरेका कारण सिमकोट बजार र गाउँबासीलाई खोनेपानीको समस्या दैनिक दिन बढ्दो क्रममा रहेको छ । दैनिक दिन सेवाग्राही खानेपानीको समस्या भएको भन्दै जिल्ला प्रशासन कार्यालय हुम्ला र सिमकोट गाउँपालिकामा धाए पनि त्यसको समधान नभएपछि मुख्य कारण पत्ता लागेको छ ।

विगत लामो समयदेखि बजारमा खानेपानीको हाहाकार भईरहेको बेला एउटा जिम्मेवार निकाय जिल्ला प्रशासन कार्यालय हुम्ला र मानसरोवर माध्यामिक विद्यालयले डाइरेक्ट लाइन जोड्नु उपयुक्त नभएको स्थानीय मानबहादुर सिंहले गुनासो गर्नु भएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले गत तीन वर्ष अघि र मानसरोबर माविले पाँच वर्ष अघिदेखि खानेपानीको डाइरेक्ट लाइन जाडेको पाइएको छ ।

हालसम्म डाइरेक्ट लाइन जोड्नेमा यीनि दुईवटा निकाय रहेको जानकारीमा आएको छ । तर अन्यले चोरी गरेर खानेपानीको लाइन डाइरेक्ट जोडेको भन्ने सुचना आएता पनि त्यो कुरा भने पत्ता लागेको छैन । उक्त कार्यालयहरूले मुल ट्यांकी भन्दा अगाडीकै पाइपहरूमा आफ्नो कार्यालयको पाइपहरू डाइरेक्ट जोडेका छन् । बजारबासीले भने मुल ट्यांकीबाट रिर्जव ट्याँकीमा आइ पुगेको पानी मौ उपभोग गरेको छन् । तर त्यो पानी निकै अभाव भएको स्थानीय सेवाग्राही सिंहको भनाई छ ।

सो कार्यले अन्य सेवाग्राहीलाई समस्या भएको हो । सम्बन्धित निकायले नै त्यस्तो कार्य गरेपछि सिमकोटमा खानेपानीको चरम अभाव भएको हो । पुरानो खानेपानी उपभोक्ता समितिले खासै त्याता तिर चासो नराखेका कारण पनि बजारमा खानेपानीको अभाव भएको जनाकारी सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले दिनुभयो । अव पुरानो समितिलाई खारेज गरी नयाँ कार्य समिति निर्माण गर्ने छलफल भईरहेको अध्यक्ष भण्डारीको भनाई छ ।

उक्त विषयमा खानेपानी उपभोक्ता समितिको जिम्मा लिनु भएका कार्यवाहक अध्यक्ष लोकमणी रावतले डाइरेक्ट लाइन लिएको स्वीकार गर्दै यसका विषयमा केही छलफल हुने बताउनुभयो । उहाँले हेप्का खोलाको वृहत खानेपानी केही समस्या आएका कारण सिमकोटमा खानेपानीको अभाव भएको बताउनुभयो । उहाँले पुरानै समिति भए पनि अब वृहत खानेपानीलाई निरन्तरता दिने र खानेपानी अभावलाई समाधान गर्ने तयारी भईरहेको कार्यवाहक अध्यक्ष रावतले बताउनुभयो ।

सिमकोटमा हाल भरी ५ हजार जना बसोबास गर्दै आएको र उनिहरूका लागि प्रतिदिन ४५ लिटर पानी आवश्यक पर्ने भएको खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख नवाङ लामाले बताउनुभयो । खानेपानीका लागि निर्माण गरिएको उक्त ट्याङकी २ लाख ५५ हजार घनमिटरको रहेको र त्यसबाट हाल २ सय १५ घनमिटर पानी प्रवाह भइरहेको छ ।

तर सिमकोटका लागि कम्तीमा पनि २ सय २५ घनमिटर पानी प्रवाह हुनु पर्ने देखिन्छ । जस अनुसार १० घनमिटर अभाव भएकै कारण सिमकोटमा खानेपानीको चरम अभाव भएको निमित्त प्रमुख नवाङ लामाको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला