हुम्ला । सिमकोट गाउँपालिका–२ स्थित रामदेव माध्यामिक विद्यालय ठेहेका शिक्षकहरू सरुवाको विषयलाई लिएर विद्यालयमा ताला बन्दी गरिएको छ । रामदेव माविमा १७ जना शिक्षक शिक्षिका मध्य पाँच जना शिक्षकहरू गाउँ भित्रकै स्थानीय शिक्षक रहेकोले उनिहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने भन्दै सरुवा गर्न खोजे पनि जान नमानेको आरोपमा विद्यालय व्यवस्थापन समितिले दुई दिनदेखि ताला बन्दी गरिएको हो ।
उक्त विद्यलायमा पाँच जना स्थानीय शिक्षक गाउँभित्रकै रहेको र उनिहरूले विद्यालय तर्फ खासै चासो नराखेको आरोपमा गत पुस २९ गते विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यपकको निर्णय अनुसार सो श्क्षिकहरूलाई सरुवा प्रक्रियालाई अघि बढाएको थियो । सरुवा गरेको करीव करीव तीन महिना वितिसक्दा समेत स्थानीय शिक्षकहरूले गाउँ छोडेर बाहिर जान नमानेको र बाहिरका शिक्षकहरूलाई पनि रामदेव माविमा आउन नदिएका कारण विल्द्यायमा गुणस्तरीय शिक्षा प्रदान नभएको आरोप लगाउँदै चैत १९ गते विहिबारदेखि विद्यालयमा ताला लगाएको ठेहेबाट स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार विद्यालय व्यवस्थापन समिति र गाउँका स्थानीय शिक्षकहरूको कुरा नमिलेपछि विद्यालय ताला लगाइएको छ । स्थानीय शिक्षक भएकाले समयमै विद्यालय नआउने, विद्यार्थीलाई गुणस्तरीय शिक्षा समेत प्रदान नगर्ने देखिएपछि उनिहरू सबैलाई गाउँ बाहिरका विद्यालयमा सरुवा गरिएको थियो । विद्यालयमा ताला लगाएपछि विद्यार्थीहरूको पठनपाठन समेत प्रभावित भएको छ ।
दुई दिनदेखि विद्यलायमा ताला लगाएको विषयमा सिमकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद आचार्यले हालसम्म कुनै जानकारी नआएको बताउनुभयो । यसरी विद्यालय ताला लगाउनु राम्रो नभएको उहाँले जानकारी गराउनुभयो । नौ जना स्थायी र आठ जना राहतका शिक्षक शिक्षिकाहरू रहेको उक्त विद्यालयमा १ सय ७२ जना विद्यार्थीहरू अध्यायनरत छन् ।
उक्त विद्यालयका प्रधानाध्यापक टिकाराम पौडेलका अनुसार आफु काम विशेषले सदरमुकाम सिमकोट आएको बताउनुभयो । हिजो रामदेव माविका शिक्षकहरू विहान विद्यालय सञ्चालन हुने समय भन्दा २÷३ मिनेट ढिला भएकोले विद्यालय व्यवस्थापन समितिले विद्यालयमा ताला लगाएको प्रधानाध्यापक पौडेलको भनाई छ ।
