छ्याँगी खोला लघु जलबिद्युत उद्घाटन

Logo
भक्तराज ऐडी सोमबार, चैत्र २३, २०८२

हुम्ला । सर्केगाड गाउँ पालिका वडा नम्बर ६ मा पर्ने छ्याँगी खोला लघु जलबिद्युत आयोजनाको उद्घाटन भएको छ । २० किलो वाट क्षमताको छ्याँगी खोला लघु जलबिद्युत आयोजनाको सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाले आइतबार उद्घाटन गर्नु भएको हो । कुल लागत २ करोड ३७ लाख ३५ हजार ५ सय ३० रुपियाँ २२ पैसामा २० किलो वाट क्षमताको छ्याँगी खोला लघु जलबिद्युत आयोजना निर्माण गरिएको हो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको लागत २ करोड १३ लाख ६१ हजार ९ सय ७७ रुपियाँ र सर्केगाड गककाउपालिकाको २३ लाख ७३ हजार ५ सय ५३ रुपियाँको सयुक्त लगानीमा उक्त जलबिद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । उक्त लघु जलबिधुत आयोजनाबाट माथिल्लो छ्याँगी, तल्लो छ्याँगी र गिउसिका स्थानिय बासिन्दाहरु प्रतक्ष लाभान्वित भएका छन् । उक्त परियोजना सफल बनाउनका लागि बनदेवि आरएन जेबि काभ्रेका जनप्रतिनिधिहरुको समेत प्रयास रहेको थियो ।

सर्केगाड गाउँपालिका–६ का अध्यक्ष पदम बहादुर शाहीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रोकायाको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा सोही गाउँपालिका–३ का वडा अध्यक्ष अकिल बहादुर कार्की, ८ का रंगमल रोकाया, सुस्वा परियोजना संयोजक निल बिक्रम शाही र पोषण संयोजक कल बहादुर छत्यालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला