“न्याय खोज्दै ढोका ढकढक्याउनेलाई फर्काउनु होइन, सम्हाल्नु हो” : आईजीपी कार्की

Logo
Karnali Serophero मंगलबार, चैत्र २४, २०८२

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीले सेवाग्राहीप्रति प्रहरीको व्यवहार, जिम्मेवारी र संवेदनशीलता झल्किने गरी कडा निर्देशन दिएका छन्।

कार्कीले स्पष्ट रूपमा भनेका छन्:- “लेख्ने-लेखाउने कुरा जनतालाई उ-त्यहाँ गएर लेख्नुस् भनेर लगाउने होइन, प्रहरीले नै लेखिदिनु पर्छ। लेख्ने सबै जानेको भए घरमै लेखेर आउनु हुन्थ्यो।” कार्कीकाे यो भनाइले प्रहरी संगठनभित्र सेवा प्रवाहको शैलीमा सुधार ल्याउने संकेत गरेको छ।

आम नागरिक प्रहरी कार्यालय पुग्दा प्रायः विभिन्न समस्यामा परेको, अशिक्षित वा प्रक्रियाबारे अनभिज्ञ हुने भएकाले प्रहरी आफैंले सहयोगी भूमिका निर्वाह गर्नु पर्नेमा कार्कीले जोड दिएका छन्।

आईजीपी कार्कीले प्रहरी केवल कानुन कार्यान्वयन गर्ने निकाय मात्र नभई समाजको भरोसा र सहाराको केन्द्र भएको उल्लेख गर्दै भने,“प्रहरी कार्यालयमा आएको मान्छे खालि खुट्टा हुन सक्छ, खालि खल्ती लिएर आएको हुन सक्छ। त्यस्तो अवस्थामा पनि उनीहरूको सहारा प्रहरी नै हो।”

कार्कीले विशेष गरी आर्थिक अवस्था कमजोर भएका, शिक्षा तथा पहुँचको कमी भएका नागरिकप्रति संवेदनशील हुन प्रहरीलाई निर्देशन दिएका छन्। “खल्ती खालि हुने, खुट्टामा जुत्ता नहुनेको पनि सहारा प्रहरी हो,” भन्दै उनले प्रहरी सेवामा मानवता र सहानुभूतिको आवश्यकता औंल्याएका छन्।

कार्कीको निर्देशनले प्रहरीको कार्यशैलीमा जनमैत्री व्यवहारलाई प्राथमिकता दिनुपर्ने स्पष्ट सन्देश दिएको छ।उनले कुनै पनि सेवाग्राहीलाई कार्यालयमा अल्झाएर राख्ने, अनावश्यक झन्झट दिने वा जिम्मेवारी पन्छाउने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि चेतावनी दिएका छन्।

यस्तो निर्देशनले प्रहरी र नागरिकबीचको विश्वास बढाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।पछिल्लो समय सार्वजनिक सेवामा सहजता र पारदर्शिता बनाउन बहस चलिरहेको बेला कार्कीको यो अभिव्यक्ति महत्वपूर्ण रूपमा हेरिएको छ। यससँगै प्रहरी संगठनभित्र सेवा–मुखी संस्कृतिको विकास, पीडितमैत्री व्यवहार र उत्तरदायित्व बृद्धि गर्ने दिशामा ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रहरीको मूल भूमिका जनताको सुरक्षा मात्रै नभई उनीहरूको समस्यामा साथ दिनु र समाधानतर्फ डाेर्याउन पनि भएको सन्देश यस निर्देशनले प्रष्ट पारेको छ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला