भरौल गोल्डकपमा आरटी एफसी मलेसियाको दमदार सुरु

Logo
Karnali Serophero बुधबार, चैत्र २५, २०८२

सुनसरी।सुनसरीको बराहक्षेत्र–५,कलाबञ्जारस्थित ज.डे.जे. भरौल खेल मैदानमा जारी ‘नवौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप २०२६’ मा आरटी एफसी, मलेसियाले विजयी सुरुआत गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।२३ गतेदेखि सञ्चालनमा रहेको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमै आरटी एफसीले यङ ब्रदर्स क्लब सुनसरीलाई २–० गोल अन्तरले पराजित गरेको हो।

आरटी एफसीको जितमा विशाल भण्डारीले हेडरमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि विदेशी खेलाडी अब यो मिलेले अर्को गोल थप्दै जित सुनिश्चित गरे।

यस जितसँगै आरटी एफसी मलेसिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल २८ गते हुनेछ।

विदेशमा रहेर पनि नेपाली खेलकुद गतिविधिमा सक्रिय रहँदै आएको उक्त टोलीले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको छ। भरौल गोल्डकपमा सहभागिताले टोलीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको विश्वास गरिएको छ।

प्रतियोगितामा नेपाल, भारत र मलेसियाका क्लबहरूको सहभागिता रहेको छ। विशेषगरी विदेशी टोलीको उपस्थितिले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकले जनाएको छ।

विजेता तथा उपविजेता टोलीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। साथै, यस प्रतियोगिताले स्थानीय स्तरमा फुटबलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला