नवौँ जिल्ला सभामा गाउँपालीका जनप्रतिनिधिहरूको उपस्थिती न्युन

Logo
नन्द सिंह शुक्रबार, चैत्र २७, २०८२

हुम्ला । जिल्ला समन्वय समिति हुम्लाको नवौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति हुम्लाको आयोजनामा शुक्रबार उक्त जिल्ला सभा सम्पन्न भएको हो । सहकार्य समन्वय, शुसासन र विकास नवौँ जिल्ला सभाको प्रमुख प्रयास भन्ने मुल नाराका साथ आज जिल्ला समन्वय समितिको आफ्नै हलमा उक्त सभा सञ्चालन भएको थियो ।

जिल्लाभित्र रहेका सबै स्थानीय तह (गाउँपालिका) का जनप्रतिनिधिहरू सम्मिलित भई गठन हुने एउटा समन्वयात्मक सभामा समेत जिल्लाका सातवटा गाउँपालिका मध्ये सिमकोट, सर्केगाड र खार्पुनाथ गाउँपालिका बाहेक अन्य कुनै पनि गाउँपालिका जनप्रतिनिधिहरूको उपस्थिती नरहेको पाइयो । यी सवै जनप्रतिनिधिहरू उपस्थिती भएर जिल्लाभित्रका स्थानीय तहहरूबीच समन्वय, सहकार्य र साझा योजना निर्माण गर्ने मञ्च भए पनि यसको खासै प्रभाव परेन ।

स्थानीय तहहरूबीच समन्वय र सहकार्य बढाउने, जिल्लास्तरीय योजना तथा विकास कार्यक्रमको छलफल र सुझाव दिने, स्रोत साधनको उचित प्रयोगका लागि मार्गदर्शन गर्ने, र विकासका काममा दोहोरोपन हटाउने लगायत जिल्ला सभाका मुख्य कामहरू रहेको पाइएको छ । कार्यक्रममा बोल्दै नेपाल सरकारका कर्णाली प्रदेश सदस्य कलबहादुर हमालले पालिका अध्यक्ष, उपाध्यक्ष जिल्ला भेलामा उपस्थित नभए पनि आफ्नो काम कर्तव्य पुरा गरेको भन्दै कार्य योजना पेश गरेको प्रति सन्तोष जनक रहेको बताउनुभयो ।

त्यस्तै व्यवस्था परिवर्तन भएको होकी या सरकार परिवर्तन भएको हो, हामी जनताले बुझ्नु पर्दछ, काम गर्ने क्रममा केही कमी कम्जोरी हुन सक्छन्, गणतन्त्र आइ सकेपछि नेताले केही काम पनि गर्न सकेनन भन्न्े ह्वीप मात्रै बाहिरियो अर्का कर्णाली प्रदेश सरकार कै सदस्य रणसिंह परियारले बताउनुभयो । कार्यक्रममा बोल्दै पुर्व मुख्य मन्त्री एबम् नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले पंैसा दिने कार्यक्रम भइ दिएको भए खुट्टा राख्ने ठाउँ हुँदैन थियो होला ।

तर जिल्ला सभामा उपस्थित नहुने गाउँपालिकाका जनप्रतिनिहरूलाई जिल्ला समन्वय समिति हुम्लाले कार्वाही गर्ने अधिकार सरकारले दिएको छ । हुम्ला विकास नभएको होइन, विगतका वर्षहरूमा चामलको कुपनको लागि जिल्ला प्रशासन कार्यालय धाउनु पर्ने बाध्यता थियो । प्रमुख जिल्ला अधिकारीको सबै भन्दा ठूलो काम कुपन वितरण गर्ने थियो ।

अस्पतालमा कार्यालय सहयागिले औषधि वितरण गर्ने अवस्था थियो । अहिले प्रत्येक पालिकामा चिकित्सक र स्वास्थ्य संस्थाको ब्यवस्था गरिएको छ । त्यो हुम्ली जनताले बुझ्न जरुरत भएको नेता शाहीले बताउनुभयो ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला