सुकुम्बासी बस्तीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या

Logo
Karnali Serophero शनिबार, बैशाख १२, २०८३

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती सरकारले खाली गराएको छ भने अब त्रिभुवन विमानस्थल छेउमा रहेको गैरीगाउँस्थित बस्ती खाली गराउने तयारी छ । 

सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुम्बासी हटाउन निर्देशन दिएसँगै शनिबार बिहानैदेखि त्यो बस्तीमा डोजर चल्यो । बस्ती खाली गराउनुपूर्व स्थानीय प्रशासनदेखि संघीय सरकार र नेपाली सेना समेतले वक्तव्यवाजी गरेका थिए । 

गैरीगाउँको बस्ती खाली गर्नु पहिल्यै उता जडिबुटीस्थित मनोहरा किनारबाट सर्नेहरुलाई हेर्नेको सडकछेउ भीड लागेको छ । तर, देश बाहिरबाट आएर कपनमा टहरा बनाएर बस्ने रोहिंग्याबारे भने सरकार बोलेको छैन । 

उनीहरुको घरफिर्तीबारे कुनै बयान वा वक्तव्यवाजी वर्तमान सरकारले गरेको छैन । हाल कपनमा मात्रै ३०० धुरी हटरा निर्माण गरेका छन्, रोहिंग्याहरुले । उनीहरुको अवैध नेपाल प्रवेशबारे गृहमन्त्रालय र नेपाली सेना पूर्ण जानकार भए पनि निर्वाध बस्ती विस्तार भएको छ । 

खुला सिमानाकै कारण सन् २०१४ देखि नेपाल आएका रोहिंग्या सबैभन्दा पहिला बंगलादेश पुगेका थिए ।बंगलादेशमा राजनीतिक उपद्रव मच्चिएपछि खुला सिमानाको फाइदा उठाउँदै नेपाल छिरेका रोहिंग्याहरु अन्त नगई सोझै संघीय राजधानी काठमाडौं छिरे । यद्यपि, घुसपैठीयाहरुले बंगलादेशमा रोहिंग्याको छुट्टै क्याम्प राखेका छन् । 

नेपालमा भने रोहिंग्यालाई सरकारले घोषित क्याम्पमा राखेको होइन, अघोसित रुपमा उनीहरुले बस्ती विस्तार गरिसकेका छन् । त्यति मात्र नभई उनीहरुले नेपालका सिन्धुपाल्चोक, काभ्रे, धादिङ, रसुवा, नुवाकोट तथा गोरखालगायत जिल्लाबाट नेपाली नागरिकता लिएका छन् भने झण्डै २ सय बढीले नेपालको राहदानी लिइसकेका छन्। केही समय पहिले साउदीको दूतावासबाट जारी ३०० जनाको विवरणमा झण्डै डेढसय जनाले रोहिंग्यासँग मेसिन रिडेवल नेपाली पासपोर्ट लिएको खुलेको थियो । 

कुनै समय गृहमन्त्रालयको प्रवक्ता रहेका तथा हाल निर्वाचन आयोगको प्रवक्ता नारायण भट्टराई स्वयंले दुई जना रोहिंग्यासँग सिन्धुपाल्चोक प्रशासनबाट तामाङ थर लेखाएर लिएको नागरिकता फेला पारेको बताएका थिए । जब दुई सय जना रोहिंग्याले नेपाली राहदानी नै लिइसकेको जानकारी पाएपछि उनी गृहमन्त्रालयको ७७ वटै जिल्ला प्रशासन हेर्ने शाखाबाट अन्यत्रै सरेका थिए । अर्कोतर्फ छानी छानी श्रम मन्त्रालय रोज्ने शरतसिंह भण्डारीले रोहिंग्याको पासपोर्ट बनाइदिने गिरोहले दिएको डिनरमै सहभागी भएका थिए । 

बीचमा हालको एक नम्बर दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका डोलप्रसाद अर्याल (डीपी) श्रममन्त्री भएर आएपछि पनि त्यो समूहले डिनर पार्टी दिन भ्याएको बताइन्छ । शरतसिंहरु दलीय रुपमा निमिट्यान्न भए पनि राजनीतिक पहुँचमा यथावत छन् । शरतसिंहका ज्वाइँ विराजभक्त श्रेष्ठे ‏हालको सरकारमा उर्जामन्त्री छन् ।*

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला