विद्यालय जाने बाटो असहजः विद्यार्थीद्धारा निर्माण

Logo
नन्द सिंह शुक्रबार, बैशाख १८, २०८३

हुम्ला । सिमकोट गाउँपालिका–३ रलिङ मध्यामिक विद्यालय जाने बाटो अप्ठ्यारो भए पनि विद्यार्थीले नै आफै बाटो निर्माण कार्य गरेका छन् । हुम्लामा पछिल्लो समय नियमित रुपमा परेको वर्षाका कारण एक ठाउँबाट अर्को ठाउँ जनालाई समेत असहजता भईरहेको छ । अविरल वर्षाका कारण विद्यालय जाने बाटो, पुल पँधेरो, मठबन्दीर लगायतका स्थानसम्म पुग्नलाई असहज हुनुका साथै त्यसतर्फ जाने बाटो समेत प्रभावित हुँदै गएका छन् । नियमित रुपमा परि रहेको वर्षाले हुम्लाको सिमकोट गाउँपालिका–३ स्थित रलिङ माध्यामिक विद्यालयका विद्यार्थीलाई विद्यालयसम्म जान समेत प्रभावित भएको कक्षा ९ मा अध्यायनरत छात्रा सञ्जिता सुनारले गुनासो गर्नुभयो ।

दैनिक दिन घरबाट विद्यालय पुग्न करीव ४५ मिनेट लाग्ने गर्दछ । तर पानी परेको दिनत अझ १५ मिनेट थप समय लागेर करीव एक घण्टा नै लाग्ने गरेको छात्रा सुनारले बताउनुभयो । जसले गर्दा कहीलेकाँहीत विद्यालयमा समयमै पुग्न कठिन हुने गरेको छ । सिमकोट गाउँपालिका–२ को ठेहे गाउँबाट सो विद्यालयमा जान उकालो भएर जानु पर्ने हुन्छ । दैनिक दिन विद्यार्थीले यसरी नै बाटो निर्माण गर्नु पर्ने बाध्यता भएको कक्षा ९ मा अध्यायनरत छात्र रोहन बोहराले गुनासो गर्नुभयो ।

पानी परेको समयमा बाटो चिप्लो हुने र उकालो, ओरालोमा आवत जावतमा समेत कठिनाई हुने गरेको छात्र बोहराले बताउनुभयो । बाटो असहज भएको विषयमा यहाँका स्थानीय नागरिक र स्थानीय तहको खासै त्यता तर्फ ध्यान गएको देखिएको छैन । ठेहे गाउँ र विद्यालय विचमा पर्ने तंग्री खोलाको बाटो निकै असहज हुँदा विद्यार्थीले जोखिम मोल्नु परेको छ । उक्त बाटो समस्या भएपछि यी विद्यार्थीहरूले खुट्कीला बनाएर विद्यालय पुग्नु पर्ने बाध्यता रहेको छ ।

विद्यार्थीहरू कितावकापी बोकेर विद्यालय जानुको सट्टा कुटो, कोदालो बोक्नु पर्ने बाध्यता छ । उक्त विद्यालयमा जाने बाटो असहज भएकै कारण ठेहे गाउँबाट सो विद्यालयमा अध्यायन गर्दै आएका करीव ३५÷४० जना विद्यार्थीहरू जोखिम मोलेर विद्यालय पुग्न बाध्य हुने गर्दछन् । उक्त समस्या पटक पटक देखिएपछि विद्यार्थीले आफ्नै घरबाट कुटो कोदालो बोकेर विद्यालय तर्फ हिडेको रलिङ माध्यामिक विद्यालय बरगाउँका शिक्षक सुर्यमणी बोहराले बताउनुभयो । बाटो असहज हुँदा विद्यार्थी र हामी केही शिक्षकहरूलाई पनि प्रभावित बनाई रहेको शिक्षक बोहराको भनाई छ । उक्त बाटो निर्माण कार्यमा शिक्षकहरू पनि लागि परेका छन् ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला