भरुवा बन्दुक सहित वडा सदस्य पक्राउ

Logo
नन्द सिंह शनिबार, बैशाख १९, २०८३

हुम्ला। खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्क बहादुर रोकाया भरुवा बन्दुक सहित पक्राउ पर्नु भएकाे छ । शनिबार वडा सदस्य राेकायाकै घरमा लुकाएर राखेकाे उक्त भरुवा बन्दुक प्रहरीले फेला पारेपछि बन्दुक सहित पक्राउ पर्नु भएकाे हाे ।

राेकायाकाे घरमा भरुवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान, ढुङगाको गोली ७ थान, सिल्भरको डिब्बामा रहेको धुलो जस्तो देखिने कालो रङको बारुद ११० ग्राम, शुद्ध तौल गर्दा ९० ग्राम रहेको, स्टेन लस स्टिल नाम लेखेको चक्कु १ थान लुकाई छिपाई राखेको अबस्थमा फेला पारेकाे प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताउनुभयाे ।

भरुवा बन्दुक सहित पक्राउ परेका वडा सदस्य (जनप्रतिनिधि) लाई शनिबार नै गाउँ बाटै पक्राउ गरेर थप अनुसन्धान भईरहेकाे प्रहरी नायव उपरीक्षक खड्काकाे भनाइ छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला