ढुङगा लागेर बालकको मृत्यु

Logo
नन्द सिंह बुधबार, जेठ ०६, २०८३

हुम्ला । माथिबाट खसेको ढुङगा लागेर अदानचुली गाउँपालिका–६ स्थित पाल्स गाउँका १३ वर्षीय हस्त भियालको मृत्यु भएको छ । जेठ ५ गते बेलुकीको समयमा आफ्नै घरबाट सोही ठाउँको कालागाडमा रहेको एक पसलमा जाने क्रममा बालकको विचबाटोमा ढुङगा लागेर घाइते भएका थिए । माथिबाट अचानक ढुङगा खसेपछि बालकको टाउकोमा गम्भिर चोट लागेको थियो । सक्त घाइते भएका बालकलाई सोही दिनमै आफन्तद्धारा साँझ साढे आठ वजे अवेर गरी उद्धार गरिएको थियो ।

घाइते बालकलाई आफन्तले अदानचुली गाउँपालिका स्थित श्रीनगर स्वास्थ्यचौकीमा उपचारका लागि पुराइएको थियो । बालकको उपचारका लागि स्वास्थ्य संस्थामा पुगाए पनि स्वास्थ्यकर्मीले चेकजाँच गर्दा मृत्यु भईसकेको पुष्टि भएको मृतकका बुवा पर्से भियालले जानकारी दिनुभयो । घटना भएको जानकारी लगतै गल्फागाड प्रहरी चौकीका बरिष्ठ हवाल्दार मानबहादुर अधिकारीको नेतृत्वको चार जनाको टोलि घटना स्थलतर्फ लागेको थियो ।

उक्त घटनाको प्रहरीले सोही दिन मुचुल्का समेत गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक विष्णु श्रेष्ठले बताउनुभयो । घटनाको थप जानकारी लिनका लागि सदरमुकाम सिमकोटबाट प्रहरी निरिक्षक जङगबाहदुर सिंह सहित दुईजनाको टोलि जेट ६ गते अदानचुली गाउँपालिका तर्फ प्रस्थान गरेको प्रहरी निरिक्षक श्रेष्ठले बताउनुभयो ।

घटनाको प्रहरी मुचुल्का पश्चात आज दिउसो बुधबार मृतक बालकको लाशलाई अदानचुली गाउँपालिकाको एम्बुलेन्स मार्फत पोष्टमार्टमका लागि बाजुरा जिल्लाको कोल्टी अस्पतालमा लगिएको प्रहरी निरिक्षक श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला