हुम्ला-बाजुरा सिमाना विवादमा झडव: चार जना घाइते 

Logo
नन्द सिंह बुधबार, जेठ ०६, २०८३

हुम्ला । हुम्ला र बाजुराको सिमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयलाई लिएर दुई जिल्लाका स्थानीयबीच झडप भएकाे छ ।

बुधबार दुई वटै जिका स्थानीय विच भएकाे विवाद हिंसात्मक बनेपछि ६ जना घाइते मध्ये ४ जनालाई हेलिकप्टरमार्फत उद्दार गरी उपचारका लागि सुर्खेत पठाइएको छ ।

हिमाली गाउँपालिका–३ लाम्पाटामा हुम्ला र बाजुराका स्थानिय विच भएके झडपमा परि गम्भीर घाइते भएका पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए ।

झडपका क्रममा प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा पनि घाइते भएका थिए ।

हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथ गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्र लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने निर्णयपछि विवाद सुरु भएको थियो ।

स्थानीयका अनुसार चौकी निर्माणका लागि टोली पुगेपछि हुम्लाका स्थानीयले कवाडी खोला भन्दा वारिपट्टि आएर संरचना बनाउन खोजिएको’ भन्दै अवरोध गरेपछि विवाद चर्किँदै जाँदा दुवै पक्षबीच झडप भएको थियो ।

घटनापछि सीमावर्ती क्षेत्रमा तनाव बढेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । हिमाली गाउँपालिकाका युवाहरुले एक बिज्ञप्ति जारी गर्दै बाजुरा बाट कर्णाली करिडोर हुँदै हुम्ला जाने यातायातका साधन चल्न नदिने घोषणा गरेका छन् । स्थानीय प्रशासनले सबैलाइ संयमता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला