नाम्खामा पहिलो पटक विज्ञान प्रविधि मैत्री प्रदर्शनी

Logo
नन्द सिंह आइतबार, जेठ १७, २०८३

हुम्ला । हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा पहिलो पटक विज्ञान प्रदर्शनी कार्य सन्चालन गरिएको छ । शनिबार नाम्खा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र महावौद्ध माध्यामिक विद्यालय याल्वाङको समन्वयमा विज्ञान प्रदर्शनी कार्यक्रम सञ्चालन गरिएको हो ।

“शिक्षित नाम्खा स्वावलम्वी, नाम्खाली” भन्ने मुला नाराका साथ गाउँपालिका स्तरीय अध्ययनरत विद्यार्थीहरूका लागि विज्ञान प्रविधि मैत्री मार्फत उनिहरूको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ यो कार्यक्रमको थालनी गरिएको शिक्षा युवा तथा खेलकुद् शाखा प्रमुख डम्बरबहादुर खरालले बताउनुभयो ।

हुम्लाका सातवटा गाउँपालिका मध्य उत्तरी हिमाली क्षेत्रको गाउँपालिकाका रुपमा पहिचान हुँदै आएको नाम्खा गाउँपालिकाले यो कार्यको थालनी गर्दा विद्यार्थीको ज्ञान, सीप, कलामा वृद्धि विकास हुने प्रमुख खरालले बताउनुभयो ।

गाउँपालिका स्तरमा आयोजना भएको विज्ञान प्रदर्शनीमा नाम्खाका अधिकांस विद्यालयहरूले भाग लिएका थिए । सोही क्रममा बुद्य आधारभूत विद्यालय हेप्का, तातापानी आधारभूत विद्यालय केर्मी र महावौद्ध माध्यामिक विद्यालय याल्वाङले वैकल्पिक उर्जा व्यवस्थापन सम्वन्धिका प्रविधिहरूको प्रदर्शनी गरिएको थियो ।

त्यस्तै विद्यार्थीहरूले स्थानीय सामग्रीबाट (बालुवा, ढुङ्गा, कोइला) प्रयोग गरी पानि फिल्टर गर्ने विधि, वातावरण संरक्षण (वायोडि ग्रेडेवल) पलास्टिक व्यवस्थापन, प्रविधि तथा नव पवर्तन सोचालित बत्ति व्यवस्थापन, ड्रोनको प्रयोग गरी कृषि तथा विपद् व्यवस्थापन, खानेपानी तथा पानी शुद्धिकरण, स्मार्ट सिचाइ प्रणाली, हरित गृह मोडेल, चुम्वकत्व सम्वन्धि प्रयोग लगायतका विज्ञान प्रदर्शनी गरेका थिए ।

जसले विद्यार्थीको स्थानीय समस्या र त्यस्को वैज्ञानिक समाधान देखाउने परियोजनाले बढी प्रभाव पार्ने देखिएको छ । प्रविधिको प्रयोग जस्ता विषयहरू विशेष रुपमा उपयुक्त हुन्छ भन्दै नाम्खा गाउँपालिकाले विज्ञान प्रदर्शनी गरेको छ ।

भूगोल क्षेत्रफलका हिसावले नाम्खा गाउँपालिका नेपालको सबै भन्दा स्थानीय तहका रुपमा चिनिन्छ । गाउँपालिकामा यो कार्य पहिलो पटक भएकोले यसलाई थप प्रभाभकारी बनाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत सरोज बोहराले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयलाई प्रविधि मैत्री , सिकाई मैत्री गर्न आवश्यक रहेको छ । विश्व एआइमा जाँदा हामी सामान्य प्रविधिमा समेत प्रवेश गर्न सकि रहेका छैनौँ । त्यसैले नाम्खाका विद्यार्थीले अवको पाँच वर्षमा एआइले गर्ने काम आफै गर्नु पर्ने आवश्यक रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बोहराको भनाई छ ।

जिल्लाका दुरदराजमा रहेका सम्पूर्ण विद्यार्थीलाई यो प्रविधिमा जोड्नका लागि सबै गाउपालिकाले पहिलो प्रथामिकता दिनु पर्ने हुन्छ । नाम्खा मात्रै नभई जिल्ला भरि विज्ञान प्रविधि मैत्री प्रभावकारी बनाउनु पर्ने देखिएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला