सवारी दुर्घटना नगर्ने प्रतिबद्धतासहित हस्ताक्षर अभियान

Logo
नन्द सिंह मंगलबार, आश्विन २७, २०८३

हुम्ला । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले सरोकारवालाहरूसँग सवारी दुर्घटना नगर्ने प्रतिबद्धतासहित हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।

जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधि, यातायात प्रालि, यातायात व्यवसायी, सवारी चालक, सहचालक तथा सञ्चारकर्मीको सहभागितामा मंगलबार बिहान हस्ताक्षर अभियान सञ्चालन गरिएको हो ।

सदरमुकाम सिमकोटस्थित काठेचुलीमा बिहान ९ बजे आयोजित कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना तथा सुरक्षित यात्राका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश प्रवाह गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको अध्यक्षता तथा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार सवारी दुर्घटना रोकथामका लागि चालक, सहचालक, यातायात व्यवसायी र सरोकारवाला निकायलाई जिम्मेवार बनाउने उद्देश्यले हस्ताक्षर अभियान सञ्चालन गरिएको हो ।

सवारी चलाउँदा ट्राफिक नियमको पालना गर्ने, तीव्र गतिमा सवारी नचलाउने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने तथा यात्रुको सुरक्षालाई प्राथमिकता दिने विषयमा प्रतिबद्धता जनाउन अभियान सञ्चालन गरिएको हो ।

हुम्लामा सडकको अवस्था, भौगोलिक कठिनाइ तथा जोखिमपूर्ण सडकका कारण सवारी आवागमनमा चुनौती हुने गरेको अवस्थामा यस्ता अभियानले चालक तथा यात्रुलाई सचेत गराउन सहयोग पुग्ने गर्दछ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको प्रयाससँगै यातायात व्यवसायी, चालक, सहचालक, यात्रु र आम नागरिकको समेत सक्रिय सहभागिता आवश्यक रहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र जिम्मेवार सवारी सञ्चालनबाट दुर्घटनाको जोखिम कम गर्न सकिने भएकाले सबै पक्षले प्रतिबद्धता व्यवहारमा उतार्नुपर्ने प्रमुख जिल्ला अधिकारी गुरागाइकाे भनाइ छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला