हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट स्थित डिभिजन बन कार्यालय हुम्लाले विश्व वातावरण दिवसको अवसरमा विद्यालयमा वृक्षारोपण गरेको छ । शुक्रबार विहान डिभिजन बन कार्यालय हुम्लाको आयोजनामा सिमकोट गाउँपालिका–६ स्थित मानसरोवर नमुना माध्यामिक विद्यालयमा वृक्षारोपण गरिएको हो । उक्त कार्यालयले २६ औँ विश्व वातावरणको अवसरमा विद्यालय परिसर हरावरा गर्ने र वातावरणको संरक्षण होस भन्ने उदेश्यकासाथ उक्त कामको थालनी गरिएको डिभिजन बन अधिकृत महेश केमाइले जानकारी दिनुभयो ।
बन अधिकृत कुमाईले १९७३ बाट मनाउँदै आएको उक्त दिवसको अवसरमा पवित्रा् मन्दीरका रुपमा मानिदै आएका विद्यालयहरूमा वातावरण संरक्षण गर्नु मानविय धर्म रहेको बताउनुभयो । जलबायु परिवर्तनका कारण अनावृष्टि, अतिवृष्टि लगायतका जोखिम बढ्नुका साथै यसको रोकथामका लागि विभिन्न कार्यक्रम मार्फत यसको संरक्षण गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
नेपाल जलबायु परिवर्तको असरले विश्वको तुलनामा चौथो स्थानमा पर्ने गरेको छ । यसको जोखिम न्युनिकरणमा तीनवटै तहका सरकारले सकारात्मक भूमिका खेल्नु पर्ने बन अधिकृत कुमाइको भनाई छ । अझ हिमाली जिल्ला झन बढि समस्यमा देखिएको छ । बाताबरण संरक्षण गरे मानवियमा सहज हुने छ । त्यसैले वातावरण संरक्षणका लागि हुम्लामा नविकरणिय उर्जाको जोड दिनु पर्ने बताइएको छ ।
विद्यालय परिसरमा १५ वटा देवदार, १२ वटा धुपी, १८ वटा चुली र २२ वटा ओखरका बोटाहरू रोपिएको थियो । त्यस्तै सोही कार्यक्रममा उक्त विद्यलयलाई स्टेशनरीका सामाग्री समेत सहयो गरिएको थियो । जसमा मानसरोवर नमुना माध्यामिक विद्यालयमा अध्यायनरत विद्यार्थीका लागि पाँच दर्जन कापी र पाँच दर्जन कलक समेत सहयोग गरिएको थियो । उक्त स्टेशनरीका सामग्री सोही विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीलाई हस्तान्त्रण गरिएको हो ।
