हुम्ला । हुम्लामा पर्ने रानिशैनाको विवादलाई लिएर बाजुराका नागरिकले कर्णाली करिडोर अन्तर्गत धुलाचौर सडक बन्द गरेको भन्दै हुम्लाका नागरिक आन्दोलित भएका छन् ।
शुक्रबार दिउँसो आन्दोलन गरेका हुम्लाका नागरिक जिल्ला प्रशासनमा गएर आन्दोलन गरिरहेका छन् । सयौं हुम्ली बाजुराको धुलाचौरमा भोकभोकै अलपत्र अवस्थामा भएको हुँदा रास्ट्रिय राजमार्ग नखुलाए थप आन्दोलन चर्किने बताइएको छ ।
जिल्ला प्रशासन अगाडि हुम्लाका नागरिकहरुले अहिले आन्दोलन गरिरहेका छन् । जिल्लाका अधिकासंस नागरिक सदरमुकाम सिमकाेट पुगेसंगै जिल्ला प्रशासन कार्यालयलाई घेराउ समेत गरेका हुन् ।
बाजुरेली नागरिकबाट ज्यादती गरेकाे कुरा सहन नसकेपछि हुम्ली नागरिकले सरकारलाई चेतावनी दिएकाे छ । हुम्ली नागरक मानवअधिकारकाे क्षेत्रबाट प्रत्यक्ष मारमा परेकाे भन्दै पुन: शुक्रबार प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी मार्फत गृहमन्त्रालयलई ध्यानाकर्षण पत्र बुझाएकाे छ ।
यदि याे समस्या नहुने हाे भने भाेलिदेखि आन्दोलन चर्कने बताइएको छ । याे समस्या समाधान भएन भने स्थानियले रगतका खाेला समेत बगाउन पछि नपर्ने स्थानीय जडेनि रावलकाे भनाइ छ ।
