बजेट कम बिनियोजनले औषधि अभाव हुने पूर्व संकेत

Logo
नन्द सिंह आइतबार, आषाढ १४, २०८३

हुम्ला । हुम्ला जिल्लामा अत्यावश्यक औषधिको मौज्दात घट्दै गएपछि निकट भविष्यमा औषधि अभाव हुन सक्ने पूर्व संकेत देखिएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३।०८४ मा जिल्ला अस्पताल हुम्लाका लागि अति न्युन बजेट विनियोजन गरेपछि हुम्लामा यो वर्ष औषधिको अभाव देखिने भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताउनुभयो ।

डाक्टर तिवारीका अनुसार गत आर्थिक वर्षहरूमा प्रदेश सरकारले १५ लाख रुपियाँ बजेट विनियोजन गर्दै आएकोमा यो आर्थिक वर्षमा जम्मा १० लाख रुपियाँ विनियोजना गरेको छ । यसले गर्दा जिल्ला अस्पतालमा औषधिको चरम अभाव हुने निश्चित भएको डाक्टर तिवारीको भनाई छ । सातवटा गाउँपालिकामा रहेका स्वास्थ्य शाखामा कम्तीमा पनि २५ लाख रुपियाँ विनियोजन गरिन्छ । एउटा स्वास्थ्य शाखाले एउटा गाउँपालिकाको आठ देखि १२ वटासम्म स्वास्थ्य संस्थाहरूलाई हेर्ने गरिएको छ । तर जिल्ला अस्पतालले भने पुरै हेर्ने गर्दछ ।

गाउँका स्वास्थ्य संस्थामा भरपर्दो औषधि नभएकै कारण जिल्लाका अधिकांस नागरिक अस्पतालमै धाउनु पर्ने बाध्यता छ । गत आर्थिक वर्षमा जिल्ला अस्पताल हुम्लाका लागि छुट्याएको १५ लाख रुपियाँ निकै अपुग भएपछि औहषधिको चरम अभाव भएको थियो । तर यो वर्ष झन त्यो भन्दा कम बजेट विनियोजनले हुम्लाका हजारौँ सेवाग्राही मर्कामा पर्ने भएको जिल्ला अस्पताल विकिास समितिका अध्यक्ष दिपक भण्डारीले बताउनुभयो ।

अध्यक्ष भण्डारीका अनुसार स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा राज्यको लाचारिपनले हुम्ली नागरिक स्वास्थ्य सेवाबाट बन्चित हुनु पर्ने भएको छ । अहलिे पनि जिल्ला अस्पतालमा खासै सबै प्रकारका औषधि पाइदैन । सामान्य विरामीका लागि समेत निजि मेडिकलबाट किन्नु पर्ने बाध्यता छ । हुम्ला भौगालिक विकटताका कारण पनि पछि पर्दै आएको छ । त्यसैमा पनि वर्षायाम सुरु भएको छ । जसले गर्दा सडक तथा हवाई यातायात अनियमित हुने, समयमै औषधि ढुवानी हुन नसक्ने र मागअनुसार आपूर्ति नपुग्ने अवस्थाले औषधि अभावको जोखिम बढ्ने भएको निश्चित छ ।

औषधिको अभाव भएमा ज्वरो, रुघाखोकी, संक्रमण, उच्च रक्तचाप, मधुमेह तथा अन्य दीर्घरोगका बिरामीहरू प्रत्यक्ष रूपमा प्रभावित हुने सम्भावना रहेको छ । दुर्गम बस्तीका नागरिकले उपचारका लागि थप सास्ती व्यहोर्नुपर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरिएको छ । स्थानीयवासीले सम्बन्धित निकायलाई समयमै आवश्यक औषधिको व्यवस्था गर्न र ढुवानी प्रक्रियालाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

स्वास्थ्य सेवा निरन्तर र सहज बनाउन संघ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय गरी पर्याप्त औषधि मौज्दात राख्नुपर्ने आवश्यकता औँल्याइएको छ । यदि समयमै आवश्यक औषधि आपूर्ति हुन सकेन भने हुम्लामा स्वास्थ्य सेवा थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला