हुम्ला । नेपाल ट्रेड युनियन हुम्ला शाखाले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । नेपालीहरुको महान चाड दशै तथा तिहारको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम नेपाल ट्रेड युनियन काँग्रेस हुम्लाका अध्यक्ष राजन रावतको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा काँग्रेस कावा सभापति कैलाश भण्डारीले दशै तिहार सवैका लागि सुख रहोस भन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरुमा संगठन निर्माण गर्ने उमंग पलाउनु पर्ने उनले बताए ।
काँग्रेसका अन्य भातृ तथा शुभेक्छुक संस्थाहरुले पनि यस्ता कार्यक्रम संचालन गर्न आवश्यक रहेको उनले बताए । यस पटकको वडा दशैले पार्टी निर्माणमा सकृय रुपमा लाग्ने प्रेरणा दशै तिहारले कार्यकर्तामा मिलाओस भन्दै उनले यसका लागि पार्टी सहयोग गर्न तयार रहेको बताए ।
प्रत्येक सहभागीबाट परिचय सहित दशै तिहारको शुभकाना ब्यक्त गर्ने कार्य पनि भएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।