अनुगमनका क्रममा १० हजार बराबरको सामग्री बरामद

हुम्लाको सदरमुकाम सिमकोट बजारमा सञ्चालीत पसलहरूको अनुगमन गरिएको छ ।
Logo
नन्द सिंह बुधबार, पुष १७, २०८१

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट बजारमा सञ्चालीत पसलहरूको अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुबेदीको संयोजकत्वमा सिमकोट बजारको अनुगमन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुबेदीको नेतृत्वमा सिमकोट माथिल्लो बजारका चारवटा पसलहरूको अनुगमन गर्दा जम्मा १० हजार ६ सय ९० रुपियाँ बराबरको म्याद नाघेका सामग्री बरामद गरि सोही दिन नस्ट गरिएको थियो ।
जसमा जोति किराना पसलबाट कोकोकला, फ्यान्टा, चिया, मटर, स्यामचुरी, नम्किन गरेर ४ हजार ८ सय ७० रुपियाँ, उद्यम सपिङ अर्डर सप्लायर्स पसलबाट जिरा, चियापत्ति मेथि गरेर १ हजार १ सय ६० रुपियाँ, छातिकोट जनरल स्टोरबाट एउटा मिट मसलाको २ सय रुपियाँ मात्र भएको छ ।

भने रिदम फ्रेस हाउस एण्ड जनरल स्टोरबाट विस्कुट, चियापत्ति, जिरा, करेन्ट मसला र जुस गरेर ४ हजार ४ सय ६० रुपियाँ बराबरको म्याद गुज्रिएका सामग्री बरामत गरि नस्ट गरिएको छ । अनुगमनमा सिमकोट गाउँपालिका, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालय हुम्ला लगायतका निकायहरूको समेत प्रतिनिधित्व रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए ।

अनुगमनमा समान्य रुपमा सबै जसो पसलमा साइनबोट, नविकरण, स्थायी लेखा नम्बर लगायतका प्रमाणहरू पर्याप्त मात्रामा रहेको देखिएको थियो । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय लगायतका निकायहरूले नियमित रुपमा बजारमा रहेका विभिन्न पसलहरूको अनुगमन गर्दै आएको छ ।

जिल्लामा सानादेखि ठूला होलसेल पसल रहेको भए पनि समय अनुसार आलोपालो गरेर अनुगमन गर्ने कार्य भइरहेको सुबेदीको भनाई छ । मङगलबार बरामद गरिएका उक्त सामग्रीलाई जिल्ला प्रशासन कार्यालय हुम्लाको खाली स्थानमा जलाएर नस्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]