

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकाेटमा ब्यासायक गर्दै आएका पसल हरेक महिनाकाे १५ गते सरसफाइकाे लागि बन्द गर्ने भने पनि सरसफाइकाे नाममा बन्द मात्र हुने गरेका छन् ।
हुम्ला उद्योग बाणिज्य संघले १५ गते बजार सरसफाइ गर्ने भन्ने हेतुले बजारका हरेक पसल ,हाेटल बन्द गर्ने नियाम लगाएपनि ब्यवसाय बन्द भए तर सरसफाइमा कसैले चासाे नदिएकाे स्थानीयले गुनासाे गरेका छन् । संघले नियाममा भनेकाे छ, बजार बन्द गर्ने ,बजारमा ब्यवसाय संचालन गर्ने हरेक नागरिकले आफ्नो वरिपरि तथा अगाडि , पछाडि सरसफाइ गर्ने भनेकाे भएपनि त्याे लागू नभएकाे देखिन्छ ।
त्यस्तै याे नियाम मिच्ने जाे काेहिलाई रु पाँच हजार जरिवाना गर्ने भन्ने एक सुचना निकालेकाे भएपनि त्याे लागू भएकाे छैन् । बजारका अधिकांश पलसल बन्द भएपनि फाट्टफुट्ट केही पसल एक ढाेका खाेलेर संचालन गर्दै आएकाे देखिन्छ ।
अर्काे कुरा बजारका हाेटल भने बन्द नभएकाे अबस्था छ । यदि सरसफाइ नगर्ने हाे भने ब्यबसाय संचालन एक दिका लागि बन्द गर्दा घाटा ब्यहेर्नू पर्ने ब्यबसायकाे भनाइ छ । बजार सरसफाइ गर्ने भने कसैकाे चासाे गएकाे छैन ।
एक दिन बन्द गरेर काेठामा बस्नु बाहेक अरु काम देखिदैन । उद्योग बाणिज्य संघले लगाएकाे नियाम अनुसार याे कार्य नभएकाे र यसलाई निगरानी गर्नु पर्ने देखिन्छ ।