मासु पसल अनुगमन बाेइलर मासु ६० केजि बरामद १ खसीकाे मासु पसलमा ताला बन्दी

Logo
ओबराज शाही मंगलबार, जेठ ०६, २०८२

हिमाली जिल्ला हुम्लामा संचालन हुँदै आएका मासु पसल अनुगमन गरिएकाे छ । मासु पसलेले पैदल मार्ग हुँदै गाडि बाट मासु ल्यायर कुहिएको मासु उपभोक्तालाई बिक्री गरेकाे कुरा बाहिर आएपछि उद्योग तथा उपभोक्त हित संरक्षण कार्यलयकाे आयाेजनाले  मंगलबार जिल्लाका ९ वटा मासु पसल अनुगमन गरेकाे हाे ।

९ वटा मासु पसलबाट किरा परेकाे र खान लाईक नभएकाे करिब ६० केजि बाेइलर मासु नियान्त्ररणमा लिएर नष्ट गरिएकाे छ । बजारमा संचालन हुँदै आएकाे रिदम फ्रेस हावस बाट ४६ केजि , प्रशंसा तरकारी तथा हाेलसेल पसलबाट साडि ६ केजि , चाहान कृषि तथा पसुपालन बाट साडि २ केजि , प्रजाेल मासु पसलबाट आधा केजि बरामद गरिएकाे थियाे भने त्यस्तै जैसि जनरल स्टाेर बाट १ केजि र नाेबेल जनरल स्टाेर बाट १ केजि बाेइलर गरेर ६० केजि मासु कुहिएको र गनाएकाे फेला पारे पछि बरामद गरिएकाे हाे । अन्य तीन वटा मासु पसलमा मासुनै नभएकाे देखिएकाे छ । बाेइलर मासु मात्र नभएर खसिकाे मासु पसल पनि अनुगमन गरिएकाे थियाे । खसिकाे मासु खानलाई ताजा भेडिएकाे छ ।

हरेक मासु पसलमा मुल्य निर्धारणकाे उद्योग बाणिज्य संघले दिएकाे हाड पेपर, दर्ता प्रक्रिया ,पाना नम्बर ,अनुमति पत्र समेत हेरेकाे थियो । ९ मासु पसल मन्य केहिले अनुमति पत्र समेत नलिएकाे देखिएकाले एक चाेटिकालागि चेतावनी समेत दिएकाे छ । तीन वटा खसिकाे मासु पसल मध्य रबिन्द्र स्वच्छ मासु पसलमा अनुगमन टाेलिले ताला लगाएकाे छ । उक्त मासु पसलमा मासुकाे रेट निर्धारण गरेकाे मुल्य भन्दा बढिमा बिक्री गरेकाे पहिएकाे र आफैले मुल्य निर्धारण गरेर पेपर टासेकाे हुदा पसललाई धेरै पटक सम्झाउदा पनि अटेरि गरेकाे भनेर ताला लगाएकाे जिल्ला प्रसाशन कार्यलयबाट प्रतिनित्वमा खटिएका धनबहादुर रानाले बताए ।

उक्त ताला जिल्ला प्रशासन कार्यलयमा छलफल गरेर मात्र खुलाउने जनाए । जिल्लामा मासु गाडि बाट आउने भएकाले यसकाे निगरानी गर्नु पर्ने स्थानीयले बताए । अब यस्तो मासु बिक्री गरेकाे पाएमा सिधै कानुनि प्रक्रियामा जाने उद्योग तथा उपभोक्ता हिंत संरक्षण कार्यलयकि प्रमुख हिरा सर्माले बताइन् । बरामद गरेकाे मासु जिल्ला प्रशासन कार्यलयमा लिएर सरकावालाई निकायकाे राेवरमा खाडलमा पुरेर नष्ट गरिएकाे थियाे ।

अनुगमनमा उद्योग तथा उपभोक्ता हिंत संरक्षण कार्यलयकि प्रमुख सर्मा, जिल्ला पसु अस्पतालका प्रतिनिधि धनबहादुर रावत, जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि राना,पशु सेवा कार्यलयका डाक्टर आशिष आचार्य , उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भन्डारी,  सिमकाेट गाउँपालिका राजस्व शाखा प्रमुख दलजित कार्कि , कृषि  कार्यलयका प्रतिनिधि जनक रावत, पत्रकार महासंघ सचिव नन्द सिंह , सुरक्षार्मि र संन्चार कर्मिकाे सहभागी रहेकाे थियाे ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला