साक्षर घोषणा भयो हुम्ला

हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ ।
Logo
Karnali Serophero शुक्रबार, जेठ ०९, २०८२

हुम्ला । हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘साक्षरता हाम्रो गौरव, साक्षर जिल्ला हाम्रो उपब्धि’ नाराका साथ शुक्रबार एक कार्यक्रम गर्दै हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । हुम्लामा १५ देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर ९६ दशमलव ०.४ प्रतिशत मापदण्ड पूरा भएपछि हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाका कार्यालय प्रमुख योगेश आलेमगरले जानकारी दिनुभयो ।

हुम्ला नेपालको ६७ औं र कर्णाली प्रदेशको ८ औं साक्षर जिल्ला बनेको छ । १५–६० वर्ष उमेर समूहका ३५ हजार ३ सय ५४ जनामध्ये ३३ हजार ९ सय ५४ जना साक्षर भएको आलेमगरको भनाइ छ । हुम्लामा झण्डै १ हजार ४ सय नागरिक निरक्षर रहेका छन् । ताजाकोट गाउँपालिकामा ६६ जना, अदानचुलीमा १ सय ९२ जना, चंखेलीमा १ सय ९२ जना, सर्केगाडमा ३ सय १४ जना, खार्पुनाथमा १ सय ९४ जना, सिमकोटमा ३ सय ७१ जना र नाम्खा गाउँपालिकामा १ सय ११ जना गरि १ हजार ४ सय ४० जना अझै निरक्षर रहेको शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाको तथ्यांक छ ।

कार्यक्रम निकै साँस्कृतिक तामझमका साथ सञ्चालन गरिएको छ । जिल्लालाई सक्षर घोषणा गरिए पनि दुरदराजका अधिकांस नागरिकहरू अझैँ औँठा छाप लगाउने भेटिएका छन् । जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्माको अध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला