कर्णाली कोरिडोर अभियान सम्पन्न पारेर माओवादी केन्द्रले पत्रकारहरु सँग छलफल

Logo
ओबराज शाही शुक्रबार, जेठ १६, २०८२

नेकपा माओवादी केन्द्र हुम्लाले जागरण तथा समाजवादका लागि कर्णाली कोरिडोर अभियानको क्रममा समसामयिक विषयवस्तु र वर्तमान परिस्थितीबारे धारणा सार्वजनिक गर्न सुक्रबार पत्रकार सम्मेलन गरेकाे छ । पार्टीका केन्द्रीय सदस्या तथा हुम्ला जिल्ला इन्चार्ज छिमी लामाले बिश्रमा गणनन्त्र ब्याबस्था उत्तम भएको भए पनि स्थानिय स्थरमा भ्रष्टचारीले यो ब्याबस्ता लाई कमजोर बनाएकाे बताए । जेठ १ गते देखि ११गते सम्म पाटीको कवाडी देखी हिल्सा सम्माको कर्णाली कोरीडोर अभियानको क्रममा हुम्लाका स्थानिय स्थरमा भष्टचारले गर्दा गणतन्त्र ब्याबस्था माथी प्रश्न उठ्दै गएकने जनाए ।

त्यस्तै कर्णाली कोरिडोर अभियान २०८२ यस अभियानमा वर्तमान परिस्थिति सम्प्रेषण गरी राजनीतिक जागरण ल्याउने, वास्तविक समाजवादको पैरवी गर्ने र हुम्लाको विकास कसरी सम्भव छ भन्ने विषयमा स्थानीयसँग छलफल भएको संयोजक डा. दीपेन्द्र रोकायाले बताए ।

हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीबाट उद्घाटन गरेर अभियानले हिमाली जिल्ला हुम्लाका समसामयिक विषयमा कर्णालीका छालमा भेटिएका जनसमुदाय सँग छलफल गदै सबै गाउँ बस्तीका जनसमुदाय लाई आआफ्नो पालिका अन्तर्गतको कार्यक्रम स्थलमा भेटघाट गरि अभियान हिल्सामा पुगेर सम्पन्न भएको संयोजक डा. रोकायाले जनाए ।

हुम्ला लाई पछि पार्न दिन नहुने कुराको पैरवीका लागि नेकपा माओवादी केन्द्र लागि रहेकाे नेकपा माओवादी केन्द्रले जनाएको छ ।
कर्णाली कोरिडोर अभियान बाजुरा जिल्लाको सिमाना कवाडी देखी सुरु भई र चीनको सिमाना नाम्खा पाउँपालिकाको हिल्सामा सम्मा भएकाे थियाे ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला